25.1 C
Kathmandu

कला/ साहित्यगायिका सिरी लोप्चनको'सेम र्ह्रो'मा लोप्चन आफैंको अभिनयसंगै छायांङ्कन कार्य सम्पन्न

गायिका सिरी लोप्चनको’सेम र्ह्रो’मा लोप्चन आफैंको अभिनयसंगै छायांङ्कन कार्य सम्पन्न

५ जेठ २०७९/कुङ्ग होईसेर(दिपक)तामाङ
जापान-गायिका सिरी लोप्चनको तामाङ भाषाको माया प्रेमसम्बन्धी गीत’सेम र्ह्रो’को छायांङ्कन कार्य सम्पन्न भएको छ।गीतमा लोप्चन आफै मुख्य पात्र(मोडेल)को रूपमा देखा परेका छन।
ज्ञानदास तामाङको शब्द रहेको गीतमा गायक तथा संगीतकार बिहिन दोङले संगीत गरी गायिका सिरी लोप्चनको स्वरमा उक्त गीत’A Plus’रेकर्ड स्टुडियोमा रेकर्ड गरेका हुन भने गीतमा लोप्चनसंगै बिहिन दोङ आफैंको स्वर रहेका छन।
म्हेन्दो माया गीतको माध्यमबाट दर्शकमाझ आफ्नो परिचय बनाउन सफल गायिका लोप्चन ले केही समय अघि मात्र तामाङ सेलो गीत’ल्हास्सो मैच्याङ’बजारमा सार्वजानिक गरेका थिए त्यसलाई पनि दर्शकले धेरै मन पराएका थिए।
आफुले जुनसुकै तरिकाको गीत गाउन कोशिस गरेको र अब आउने तामाङ प्रेमगीत ‘सेम र्ह्रो’लाई पनि दर्शकले उत्तिकै माया गर्नुहुन्छ भन्ने बिश्वास रहेको कुरा गायिका लोप्चनले हामीलाई जानकारी गराउनुभएको छ।
गत हप्ता काठमाडौं र काठमाडौं आसपासका ठाउॅं चोबार,फार्पिङ,भैंसेपाटी र अन्य बिभिन्न ठाउॅंमा छायांङ्कन गरेको गीतमा नृत्य निर्देशक अजय स्याङतानको नृ्त्य निर्देशन रहेका छन भने गायिका लोप्चन आफैं उक्त गीतमा मोडेलका रूपमा देखा परेको छन र साथमा सागर घिसिङ को अभिनय रहेको छ।
गीत गाउनु रेकर्ड गर्नु र मोड्लिङ गर्नु कलाकारिता भित्रका नै पाटो भए पनि आफ्नो लागि मोड्लिङ भनेको एउटा चुनौतीको बिषय रहेको र गीतको म्युजिक भिडियो’Siri Lopchan Official’युट्युब च्यानलबाट छिट्टै आउने तयारीमा रहेको कुरा लोप्चनले जानकारी दिएका छन।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्