24.1 C
Kathmandu

ब्रेकिङ समाचारकाङ्ग्रेस निकट निशान लामा एमाले प्रवेश,एमाले अध्यक्ष केपी ओलीले गरे स्वागत

काङ्ग्रेस निकट निशान लामा एमाले प्रवेश,एमाले अध्यक्ष केपी ओलीले गरे स्वागत

१४ बैशाख २०७९
जापान-काभ्रे जिल्ला तेमाल गाउॅंपालिका वडा नं ५ का काङ्ग्रेस निकट निशान लामा एमाले प्रवेश गरेका छन।गत हप्ता बिहिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजि निवास बालकोटबाट लामा ले नेपाली काङ्ग्रेस परित्याग गरी एमालेमा प्रबेश गरेका हुन।
यो देशमा विकास सम्भव छ त केपी ओली र नेकपा एमालेबाट मात्र सम्भव रहेको र युवाहरू एक भई हिड्न लामाले अनुरोध गरेका छन।
लामा संगै नेकपा माओवादी केन्द्र परित्याग गरि तेमाल गाउॅं पालिका वडा ९ को पार्टी अध्यक्ष हस्ता बहादुर दोङ को नेतृत्व मा सुरेश दोङ,मान दोङ,उत्तर सिं लामा,राजेन्द्र दोङ,गोर्खा लाल दोङ,अजय थोकर लगायत को टोलि र नेपाली काङ्ग्रेस परित्याग गरी आकाश तामाङ र राप्रपा बाट नरेन्द्र लामा नेकपा एमालेका अध्यक्ष केपी ओलिको निजि निबास बालकोटमा अध्यक्ष ओलीबाट टीका तथा खादा ग्रहण गरि नेकपा एमालेमा समाहित भएका हुन।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्