22.1 C
Kathmandu

समाचारराष्ट्रिय तामाङ घेदुङद्वारा बौद्धनाथ क्षेत्र विकास समितिमा नवनियुक्त पदाधिकारीहरुलाई सम्मान 

राष्ट्रिय तामाङ घेदुङद्वारा बौद्धनाथ क्षेत्र विकास समितिमा नवनियुक्त पदाधिकारीहरुलाई सम्मान 

काठमाडौं-नेपाल राष्ट्रिय तामाङ घेदुङद्वारा बौद्धनाथ क्षेत्र विकास समितिका नवनियुक्त पदाधिकारीहरुलाई बधाई तथा सम्मान गरेका छन् ।

नेपाल तामाङ शैक्षिक परामर्श संघको अध्यक्ष के.डि मोक्तानको प्रमुख अतिथ्यतामा शनिबार काठमाडौं बौद्ध स्थित टिवेट होटलको सभाहलमा सम्पन्न भएको उक्त विशेष समारोहबीच नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत श्री बौद्धनाथ क्षेत्र बिकास समितिका नवनियुक्त अध्यक्ष राजकुमार लामा र कार्यकारी निर्देशक नयन कुमार लामा,सदस्यहरु रग्बा शेर्पा ,विनोद श्रेष्ठ ,शैलेस श्रेष्ठ र धनीमाया लामालाई बधाई तथा सम्मान गरेका थिए।

बधाई तथा शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि मोक्तानले बाैद्वनाथक्षेत्र बिकास समिती धार्मिक दृष्टिकोणले ऐतिहासिक रहेको बताउदै बौद्धलम्बिहरुको आस्थाका रुपमा विश्व प्रसिद्ध बाैद्व क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन नवनियुक्त समितिको ध्यानाकर्षण गराइएको छ।

कार्यक्रममा विशेष अतिथि समाजसेवी ज्ञान बहादुर लामा,अतिथिमा तामाङ डाजाङका अध्यक्ष फुल कुमार बम्जन,तामाङ चलचित्र संघका उपाध्यक्ष भुईसाल लामा,पब्लिक स्पिकर प्ररेक वक्ता विकास देव योञ्जन, तामाङ चलचित्र निर्देेशक विनय दोङ लगायतका अतिथिहरु उपस्थिति रहेको थिए।

नेपाल राष्ट्रिय तामाङ घेदुङका केन्द्रीय अध्यक्ष वीर बहादुर योञ्जनको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिव प्रविन बलले सञ्चालन गरेको थियो।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्