25.1 C
Kathmandu

समाचारकागतीको मूल्य गोटाकै २० रुपैयाँसम्म

कागतीको मूल्य गोटाकै २० रुपैयाँसम्म

काठमाडौ । केही समय यत्ता कागतीको मुल्य आकाशिएको छ । कागतीको बजार भाउ एक महिनाको बीचमा नेपाली बजारमा ३ गुणाले बढेको छ । गत चैत एक गतेसम्म प्रतिकिलो थोकमा १९० रुपैयाँमा बिक्री भइरहेको कागतीको मूल्य वैशाख २ मा आइपुग्दा ३५० रुपैयाँसम्म पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाए पनि खुद्रा बजारमा भने कागतीको मुल्य प्रति किलो रु ५ सया २० सम्म लिएको पाईन्छ । हाल बजारमा कागतीको प्रतिगोटा मूल्य २० रुपैयाँसम्म पुगेको छ ।

चिसो मौसममा उत्पादन हुने कागती महँगो हुनुमा पहिलो कारण मौसम र दोस्रो आयातको स्रोत मुलुक भारतमै महँगिएर नेपालमा असर देखिएको श्रोतअहिले कागतीको आयात नै एकदमै कम छ, नेपाली उत्पादन बजारमा खासै आउँदैन,’ श्रेष्ठले भने ‘माग उच्च भएका कारण भारतबाट भित्रिएको कागतीको मूल्य महँगो भएको छ ।’

नेपालमा निकै कम मात्रामा कागती फल्ने र फलेको कागती पनि ठूला बजारसम्म नआइपुग्ने भएकाले कागतीमा काठमाडौं जस्तो ठूलो सहर भारतमै परनिर्भर रहेको श्रेष्ठको भनाइ छ ।

पछिल्लो समय यातायातमा बृद्धि भएको भाडादरले गर्दा पनि ढुवानीमा महंगी भए संगै कागतीको मुल्य बढेको हुनसक्ने अनुमान रहेको छ । कागतीको मुल्य बुद्धि संगै बजारमा कागती सहजै रुपमा पाउन मुस्किल रहेको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्