24.1 C
Kathmandu

समाचारओलीद्वारा दक्षिण एशियाकै नमूना घले गाउँलाई सुखी गाउँ घोषणा

ओलीद्वारा दक्षिण एशियाकै नमूना घले गाउँलाई सुखी गाउँ घोषणा

काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाकै नमूना घले गाउँलाई सुखी गाउँ घोषणा गरेका छन् । लमजुङ क्व्होलासोथर गाउँपालिका–३ मा रहेको पर्यटकीय गाउँलाई एक कार्यक्रमकाबीच उनले सुखी गाउँ घोषणा गरेका हुन् ।

अध्यक्ष ओलीले आधुनिक गाउँ र स्मार्ट भिलेका रूपमा घलेगाउँलाई अगाडि बढाउनुपर्ने बताएका हुन् । उनले भने, “घलेगाउँ घरवासले नयाँ ढङ्गले विकास गरेको छैन, अरूका लागि पनि उदाहरणीय बनेको छ, घले गाउँबाट सिक्न जरुरी छ ।” अध्यक्ष ओलीले घले गाउँमा रहेको उत्तरकन्य प्राविलाई आधुनिकीरण र प्रविधियुक्त विद्यालय बनाउनुपर्ने बताए ।

काम नगरी बस्ने, खानेलाई सुखी नभनी गाउँमा बसी आफैं उत्पादन गर्ने, आत्मनिर्भर बन्ने र आर्थिकरूपमा बलियो भएकाले यस गाउँलाई सुखी गाउँ भनिएको घलेगाउँ क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए । उनले भने, “शहरमा पाउने सुविधा घलेगाउँ पाउन सकिन्छ । सडक, बिजुली, टेलिफोन, इमेल, इन्टरनेट, घरघरमा खानेपानी, शौचालय, विद्यालय, आधारभूत स्वास्थ्य सेवा लगायतको सुविधा पुगेको छ । स्थानीयले पर्यटन विकास गरी सुखी भएको र आनन्दका साथ बसेकाले सुखी गाउँ भनिएको हो ।”

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्