26.1 C
Kathmandu

कला/ साहित्यमिलन मोक्तान र याङ्गी दोङ अभिनित तामाङ प्रेम गीत 'फोटो चिनो' नयां...

मिलन मोक्तान र याङ्गी दोङ अभिनित तामाङ प्रेम गीत ‘फोटो चिनो’ नयां सालको कोसेली स्वरुप बजारमा

काठमाडौ । नयां वर्ष २०७८ लाई बिदाई गर्दै नव वर्ष २०७९ साललाई स्वागत गर्ने क्रममा नयां सालको उपलक्षमा प्रत्यक्ष भेटेर, फोन सम्पर्क गरेर वा सामाजिक सञ्जाल मार्फत शुभकामना आदन प्रदान गर्ने क्रम चलिरहेको छ । यत्ति मात्र नभएर नयां सालको उपलक्ष्यमा आफ्नो विशेष व्यक्तिलाई/शुभचिन्तक अथवा प्रेमीप्रेमीका बिच विभिन्न खालका चिनो/गिफ्ट सांटा सांट गर्ने चलन चलि आएको छ ।

यसै क्रममा नव मोडल मिलन मोक्तानले भने नयां सालको उपलक्षमा आम तामाङ गीत संगीतप्रेमीहरुका लागी कोशेली स्वरुप ‘फोटो चिनो’ दिएका छन् । नयां सालमा चिनो/गिफ्ट सांटे जसरी नै आफुले दर्शक श्रोतहरुका लागी दिएको फोटो चिनो संग भने मोडल मोक्तानले दर्शक श्रोतासंगको माया सांटा सांट गर्ने आशय व्यक्त गरेका छन् । पछिल्ला समय सामाजिक सञ्जाल टिकटकमा अत्याधिक रुचाइएको तामाङ प्रेम गीत फोटो चिनो हिजो बिहिवार भिडियो सहित डम्फु मिडिया मार्फत सार्वजनिक गरिएको छ ।

छायंकन सम्पन्न गरिएको लामो समय पछि नयां बर्षको अवसर पारेर सार्वजिनक गरिएको फोटो चिनोलाई दर्शक श्रोताले न्यायमुलक तवरले रुचाउने अनुमान निर्माण पक्षको रहेको छ । चर्चित गायक तथा संगीतकार निमा दोङको शब्द संगीत रहेको यो गीतमा संगीतकारद्धय निमा दोङको साथमा चर्चित गायिका जितु लोप्चानको आवाज रहेको छ । बिगत लामो समय देखी तामाङ गीत संगीतमा लागेका निमा दोङले यस अघि नै दर्जनौं हिट गितहरु बजारमा ल्याईसकेका छन् । त्यसै गरि जितु लोप्चान भने पछिल्ला समय निक्कै नै व्यस्त गायिकाको रुपमा पनि चिनिन्छन् । तामाङ गीत संगीतको बजारमा जितु लोप्चान प्रतिको क्रेज हेर्ने हो भने तामाङ गीतसंगीतको बजारमा आधा हिस्सा नै ओगटेको अनुभुति गर्न सकिन्छ ।

तर्सथ यो गीतको अडियो पक्ष निक्के नै मज्बुत रहेको देखिन्छ । भिडियो तर्फ भने बिकास प्रसाई र फेरी अर्को चर्चाको शिखरमा रहेको गायक तथा संगीतकार उर्गेन दोङको संयुक्त निर्देशनमा नव मोडल मिलन मोक्तानको साथमा याङ्गी दोङलाई फ्रेममा उतारेको छ । पर्यटकिय हिसाबले निक्कै सम्भावना बोकेको दोलखाको कालिञ्चोक हुंदै काभ्रेको रोशीखोला सम्मको लामो यात्रा सहितको छायंकन पश्चत बनेको यस गीतको भिडियो पक्ष पनि मज्बुत नै देखिन्छ । निर्देशनको पाटोमा नव मोडल मिलन मोक्तान र याङ्गी दोङलाई सहजै ढंगले क्यामराको फ्रेममा उतारेको देखिन्छ ।

भिडियोको छायंकन जितु तामाङले गरेका हुन भने सम्पादन बिकास प्रसाईले गरेका हुन् ।

भिडियो हेर्नुहोस….

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्