20.1 C
Kathmandu

ब्रेकिङ समाचारबाघले बेपत्ता बनाएका वृद्धको शव भेटियो

बाघले बेपत्ता बनाएका वृद्धको शव भेटियो

काठमाडौ । बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो । उनको शव जितपुरघाटमा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः ०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण थियो । बाघले आक्रमण गरेर लगेपछि धमलाको खोजीका कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । शव ११ः २० बजे भेटिएको हो ।

तपाईंको प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्