23.1 C
Kathmandu

कला/ साहित्यनेपाल तामाङ कलाकार संघको आयोजनामा स्वर्गीय गायिका योगिता मोक्तानको ११ औं स्मृति...

नेपाल तामाङ कलाकार संघको आयोजनामा स्वर्गीय गायिका योगिता मोक्तानको ११ औं स्मृति सभा सम्पन्न

काठमाडौ । नेपाल तामाङ कलाकार संघको संस्थापक सदस्य तथा गायिका स्वार्गीय योगिता मोक्तानको सम्झनामा तामाङ कलाकार संघको आयोजनामा ११ औं स्मृति सभा तथा योगीता मोक्त प्रतिभा पुरस्कार–२०७८ सम्पन्न भएको छ ।

नेपाल तामाङ कलाकार संघले आयोजना तथा ताम्सालिङ टि.भी.को सहयोमा गरेको स्मृति सभाको प्रमुख अतिथि वरिष्ठ गायक चन्द्र कुमार मोक्ता रहेका थिए भने विशिष्ट अतिथिको रुपमा नेपाल राष्ट्रिय तामाङ घेदुङको महासचिव प्रविन कुमार बल थिए, नेपाल तामाङ कलाकार संघको पूर्व अध्यक्ष तथा वरिष्ठ गायक तथा संगीतकार सन्जिव वाईवा रहेका थिए । अतिथिहरुमा अन्तर्राष्ट्रिय तामाङ परिषदको सचिव रविन लामा लगाएतका अन्य व्यक्तिहरु रहेका थिए ।

नेपाल तामाङ कलाकार संघका अध्यक्ष एवम् गायक तथा संगीतकार विश्व दोङको अध्यक्षतामा सम्पन्न कार्यक्रम संघका सचिव रोशन फ्युबाले सञ्चालन गरेका थिए ।

स्मृति सभामा स्वागत मनतव्यको क्रममा नेपाल तामाङ कलाकार संघको उपाध्यक्ष विशाल काल्तनको स्वर्गीय गायिका योगिता मोक्तानले गीतसंगीतको क्षेत्र र संघलाई दिएको योगदानको साथै मोक्तानको व्यक्तिगत आचरण र आनिबानीको बारेमा चर्चा गर्दा गर्दै केही बेर गला अबरुद्ध भएको थियो ।

कार्यक्रमका बिच गायिका अन्जु थोकरलाई योगिता मोक्तान प्रतिभा पुरस्कार–२०७८ र नगरद रु १५ हजारको साथ सम्मान गरेका थिए ।

प्रमुख अतिथि लगाय अन्य वक्ताहरुलले क्रमशःस्वर्गीय गायिका योगिता मोक्तानको सम्झनामा उनको व्यक्तित्व र प्रतिभाको बारेमा धेरै चर्चा परिचर्चा गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्