28.1 C
Kathmandu

कला/ साहित्यरोश्मा घिसिङको मौलिक तामाङ सेलो गीत कोन्ज्योसोमला क्याप्सुन्छे सार्वजनिक

रोश्मा घिसिङको मौलिक तामाङ सेलो गीत कोन्ज्योसोमला क्याप्सुन्छे सार्वजनिक

काठमाडौ तामाङ गीतसंगीतको बजारमा दिनानुदिन जस्तै नयां नयां गीतका म्युजिक भिडियोहरु सार्वजनिक हुंदै आएका छन् । यसै क्रममा रोश्मा घिसिङले तामाङ संस्कार संस्कृति झल्किने खालका तामाङ मौलिक गीतको भिडियो शनिबार तामाङ सुपर स्टार डम्फु मिडिया मार्फत सार्वजनिक गरिएको छ ।

बजारमा म्युजिक भिडियोहरु सार्वजनिक गर्ने होड बाजी नै चले पनि मौलिक गीतहरु भने संख्यात्मक हिसाबले कमै मात्र सार्वजनिक हुंदै आएको छ । कोन्ज्योसोमला क्याप्सुन्छेको भिडियोमा तामाङको संस्कार अनुसारकै सगुन पोङ संगै डम्फुको साथमा अभिनय गरिएको पाईन्छ । भिडियो तर्फको दुश्यहरु हेर्दा गुन्यू चोलीको बेलामा हुने सम्पुर्ण गतिविधिहरुलाई देखाईएको छ , तर छोरिलाई गुन्यु चोली दिने संस्कार तामाङ समुदायको संस्कार भित्र पर्छ कि पर्दैन भन्ने अन्यौलता र बहस भने समुदायमा अझै चलिरहेको देखिन्छ ।

गीतमा अत्यन्त मार्मिक शब्द ढक बहादुर घिसिङको रहेको छ भने संगीत अमृत लामाको रहेको छ । यसै गरी आवाज सशिकला मोक्तान र अमृत लामाको रहेको छ । एरेन्ज आगा लामाको रहेको छ भने मिक्सिङ दिपेश प्रधानको रहेको छ ।

भिडियो तर्फ भने तामाङ चलचित्रको महानायक अमिर दोङको निर्देशनमा निर्देशकद्धय अमिर दोङको साथमा अमृका लामा, मनिका लामा, टिकाराज तामाङ, पाल्देन लामा, सन्जिव गोले, दोर्जे मोक्तान, रोश्मा घिसिङ, रमिला तामाङ, अनु लामा, सबिना तामाङ, सम्झना बोम्जन, प्रिति बोम्जन लगागतको अभिनय रहेको छ । भिडियोको छायंकन तथा रंग सम्पादन बज्र ङ्यासुरले गरेका हुन् ।

भिडियोको छायंकन भिडियोको निर्माता रोश्मा घिसिङको छोरीको गुन्यू चोली कार्यक्रमको बेला छायंकन गरिएको हो ।

भिडियो हेर्नुहोस…

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्