23.1 C
Kathmandu

कला/ साहित्यतामाङ सेलो गीत ढल्केला जोबन सार्वजनिक (भिडियो सहित)

तामाङ सेलो गीत ढल्केला जोबन सार्वजनिक (भिडियो सहित)

काठमाडौ । सन्दिप तामाङको प्रस्तुती तामाङ सोलो गीत ढल्केला जोवन भिडियो सहित बजारमा सार्वजनिक भएको छ ।

चन्द्रकुमार दोङको संगीतमा गायीका इन्दिरा गोले गुरुङ र सन्दिप कुमार तामाङको आवाज रहेको उक्त गीतमा शब्द भने सन्दिप कुमारकै रहेको छ । जेनेरिक स्टुडियोमा रेकर्ड सम्पन्न भएको यस गीतमा मिक्सिङ एरेन्ज चांद सिङको रहेको छ ।

भिडियो तर्फ प्रतिक ङ्यासुरको निर्देशन तथा कोरीयोग्राफीमा तामाङ चलचित्रको महानायक अमिर दोङ नायीका तथा मोडल निशा तामाङको साथमा सन्दिप कुमार तामाङ र स्याम स्याङ्बोको संयुक्त अभिनय रहेको छ । यस गीतको भिडियो छायंकन, सम्पादन तथा रङ्ग सम्पादन बिक्रम मोक्तानको रहेको छ । गीतको भिडियो सन्दिप कुमार तामाङको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्