19.1 C
Kathmandu

कला/ साहित्यअन्ततः टिकटकमा सबैले रुचाएका च्याङ्बा र मैच्याङ म्युजिक भिडियोमा देखिए

अन्ततः टिकटकमा सबैले रुचाएका च्याङ्बा र मैच्याङ म्युजिक भिडियोमा देखिए

काठमाडौ । पछिल्लो समय टिकटक र युट्युवमा समेत च्याङ्बा र मैच्याङको जोडिको रुपमा चर्चामा रहेका एक जोडी अफिसियल म्युजिक भिडियोमा देखिन थालिएको छ ।

पुर्व ईलाम देखी टिकटक मार्फत टिकटक युजरहरुको मन जित्न सफल पेम्बा लामा र काभ्रेको देविटार बाट लेकालि मैच्याङको नाम बाट सबै सामु चिन्न सफल एक जोडि हुन् च्याङ्वा र मैच्याङ ।

च्याङ्वा र मैच्याङ वास्तविक जोडि नभएर टिक टक र युट्युवमा अन्तर्वार्तामा मात्र जोडिको रुपमा चिनिएका एक जोडि हुन ।
यो जोडिले केही समय अगावै मात्र नमोबुद्ध न्युज(एच.टि.भी.) नमोबुद्ध संग लिएको अन्तरवार्तामा म्युजिक भिडियो खेल्ने रहर भएको कुरा व्यक्त गरेका थिए ।

सोही अनुसार दुवै जना म्युजिक भिडियोमा देखिन थालेका हुन । च्याङ्वा र मैच्याङ दुवै जनाले संयुक्त अभिनय गरेको नेपाली प्रेम गीत “तिम्रै हु म” बजारमा सार्वजनिक भएको छ ।

आत्म जङ्ग थापाको शब्द रचना रहेको उक्त गीतमा संगीत दिपक शर्माको रहेको छ भने सुशील गजमेरको सुमधुर आवाज रहेको छ ।

भिडियो तर्फ वसन्त सापकोटाको निर्देशनमा आत्म जङ्ग थापाले छायंकम गरिएको उक्त गीतको भिडियोमा च्याङ्बा र मैच्याङको नामले परिचित पेम्बा लामा र कुन्साङ लामाको मर्मस्पर्शी अभिनय देख्न सकिनेछ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्