29.1 C
Kathmandu

कला/ साहित्यचौतर्फी बिरोध र धम्की पश्चात् प्रकाश सपुतले पिर युट्युवबाट हटाएर संशोधन सहित...

चौतर्फी बिरोध र धम्की पश्चात् प्रकाश सपुतले पिर युट्युवबाट हटाएर संशोधन सहित पुनः पोस्ट गरे

काठमाडौ । गत साता गायक प्रकाश सपुतले पिर बोलको गीतको भिडियो सार्वजनिक गरेका थिए । उक्त गीतले नेपाली गीत संगीत बजारमा तहल्का त मच्चायो मच्चायो नेपाली राजनीतिमा समेत ठुलै भुकम्प गयो ।

विशेष गरि नेकपा माओवादी केन्द्रलाई निक्कै टाउको दुखाईको बिषय बनेको थियो प्रकाश सपुतको पिर ।

नेकपा माओवादी निकट विभिन्न संगठनहरुले उक्त गीत तुरुन्त युट्युवबाट हटाउनको निमित्त बिज्ञप्ति नै जारी गरेका थिए भने सामाजिक संजाल भरी प्रकाश सपुतलाई गाली र ताली दुवैको बर्षात नै देखियो ।

सायद गाली, बिरोध र धम्की कै कारण होला सपुतले उक्त गीतलाई युट्युव च्यानल बाट हटाएर संशोधन सहित पुनः पोस्ट गरेका छन ।

संशोधन सहितको भिडियोमा भने देहव्यापारमा लागेको भिडियो क्लिप्स लाई हटाएर जनयुद्धमा संगै होमिएको कमाण्डर चिल्ला गाडिमा हुईकिएको र सपूत भने अशक्त रुपमा विचलित भएर सडक किनारामा हिंडिरहेको देखाईएको छ ।

यत्ती मात्र नभएर चिल्ला गाडिमा सवार हुनेले सपुतलाई गाडीबाट हिलो छ्याप्पिएर वास्तै नगरी गाडिमै हुईकिएको दृश्य देखाईएको छ ।

अब पनि सपुतको पिरलाई सामाजिक संजालमा बिरोध आउँछ या आउँदैन यो भने हेर्न बांकी रहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्