25.1 C
Kathmandu

कला/ साहित्यराष्ट्रिय जन साँस्कृतिक महासंघ-काभ्रेको छैटौं जिल्ला अधिबेशन सम्पन्न, अध्यक्षमा सन्तोष ताम्राकार

राष्ट्रिय जन साँस्कृतिक महासंघ-काभ्रेको छैटौं जिल्ला अधिबेशन सम्पन्न, अध्यक्षमा सन्तोष ताम्राकार

काठमाडौ । नेकपा एमाले निकट संगठन राष्ट्रिय जन साँस्कृतिक महासंघ काभ्रेको छैटौं जिल्ला अधिबेशन सम्पन्न भएको छ ।

महासंघको काभ्रे जिल्ला अधिबेशन बागमती प्रदेशका अध्यक्ष तथा जनसंगीत मञ्च नेपालका अध्यक्ष माधव प्रधानको प्रमुख आतिथ्यतामा शनिबार नेकपा(एमाले) को पार्टी कार्यलय बनेपामा सम्पन्न भएको हो ।

कार्यक्रममा बिशेष अतिथिको रुपमा बरिस्ठ संगीतकार सुरेश अधिकारीको उपस्थिति रहेका थिए भने अतिथिहरुमा जन साँस्कृतिक महासंघका सचिवालय सदस्य आरसी न्यौपाने, ईन्चार्ज संजिव वाईबा, सह-ईन्चार्ज माधुरी सापकोटा, पूर्व अध्यक्ष सुभास लामा रहेका थिए । कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले गरेका थिए ।

शनिवार सम्पन्न जिल्ला अधिबेशनबाट सन्तोष ताम्राकारको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरिएको छ ।

जन साँस्कृतिक महासंघ कभ्रे जिल्ला कमिटीमा सर्वसम्मन निर्वाचित हुनेहरुमा क्रमशः अध्यक्षमा सन्तोष ताम्राकार, उपाध्यक्षमा अमन श्रेष्ठ, मन्दिरा के.सी, ज्ञान बहादुर लामा, सचिवमा योजना खड्की, सह-सचिवमा राजेश बोलखे र शिशिर सापकोटा रहेका छ्न । त्यसै गरि कोषाध्यक्षमा बलराम कर्माचार्य, सदस्यहरुमा बिमल श्रेष्ठ, प्रकाश मिजार, भवानी पाण्डे, कमल प्रसाद दाहाल, बिकास तामाङ, मदन आचार्य, शरद हुमागाई,पूर्ण गोपाल कर्माचार्य, ईश्वरी घिमिरे, रमेश बजगाई, सुमना घिमिरे, शान्ती सापकोटा, सरला हुमागाई रहेका छ्न ।

त्यसै गरि जिल्ला अधिबेशनबाटै महासंघ अन्तर्गतका विभिन्न चार घटक संगठनका संयोजक समेत तोकिएको छ ।

उक्त चार घटक संगठनहरुमा क्रमशः राष्ट्रिय जनपक्षीय चलचित्र कर्मी संघका संयोजकमा कमल प्रसाद दाहाल, राष्ट्रिय जन संगीतकार कलाकार संघका संयोजकमा प्रकाश मिजार, राष्ट्रिय जन साहित्यकार संघका संयोजकमा भवानी पाण्डे रहेका छन भने राष्ट्रिय जन नाटिय संघको संयोजक नेपाल काभ्रेको संयोजकमा अमन श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्