28.1 C
Kathmandu

ब्रेकिङ समाचाररोशन वाईबाको अध्यक्षतामा काभ्रे लोकतान्त्रिक समाजवादी पार्टी गठन

रोशन वाईबाको अध्यक्षतामा काभ्रे लोकतान्त्रिक समाजवादी पार्टी गठन

काठमाडौ । बागमती प्रदेश अन्तर्गत काभ्रे पलाञ्चोका जिल्लामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन भएको छ ।

आईतवार काभ्रेको बनेपास्थित सम्पन्न बृहत भेलाबाट रोशन वाईबाको अध्यतामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको काभ्रे जिल्ला कमिटी गठन भएको हो । पार्टीको वरिष्ठ नेता तथा माननिय शरद सिं भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले वाईबाको अध्यक्षमा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।

जिल्ला कमिटी अध्यक्षमा रोशन वाइबा, उपाध्यक्षमा क्रमशः ललिक लामा, सुकलाल तामाङ, भिम राज तामाङ, सचिवमा प्रकाश लामा, सह–सचिवमा मणिक लामा, राजन लामा, सन्तदेव पन्त, कोषाध्यक्षमा राजन लामा(सत्य) लगायत ९ जना पदाधिकारी रहने गरि जिल्ला पार्टी कमिटी गठन भएको हो ।

प्रमुख अतिथि भण्डारीले भेलालाई सम्बोधन गर्दै नव गठित काभ्रे जिल्ला कमिटीको सिंगो टिमलाई बधाई तथा शुभकामना दिंदै हाल पार्टीका नेतृत्वमा रहेकाहरु नेपालको ७७ वटै जिल्लाहरुमा संगठन विस्तारको अभियानमा तिव्र गतिको साथ लागेको कुरा व्यक्त गरेका थिए । साथै नजिकिंदै गरेको स्थानिय निर्वाचन लाक्षित कार्यक्रमहरु सञ्चालन गर्नका निमित्त नव गठित टिमलाई निर्देशन समेत दिएका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्