18.1 C
Kathmandu

ब्रेकिङ समाचारवित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा काभ्रेको पहिलो बन्यो रोशि गाउँपालिका

वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा काभ्रेको पहिलो बन्यो रोशि गाउँपालिका

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय सरकारको कार्यसम्पादन मुल्यांकनमा काभ्रे जिल्लाको रोशी गाउँ पालिका पहिलो स्थानमा पर्न सफल भएको छ । आयोगले गत आर्थिक बर्ष २०७७/७८ को स्थानीय सरकारको कार्यसम्पादन मुल्यांकनको नतिजा सार्वजनिक गरेको छ । जिल्लामा समग्र स्थानीय तहमध्ये पहिलो स्थानमा पर्न सफल रोशी गाउँपालिकाले ६८.३६ अंक प्राप्त गरेको । स्थानीय तहमा दोस्रो स्थानमा रहेको महाभारत गाउँपालिकाले ६६.६८ अंक प्राप्त गरेको छ । नमोबुद्ध नगरपालिका जिल्लाका १३ स्थानीय तह मध्ये ६६.३९ अंक प्राप्त गरेर तेस्रो स्थानिय तहमा पर्न सफल भएको छ । नगरपालिका मध्ये नमोबुद्ध नगरपालिका पहिलो हो । आयोगले तोकिएको समयमा बजेट ल्याए÷नल्याएको, बार्षिक समीक्षा गरे या नगरेको, स्थानीय तहको बेरुजुको अवस्था, आवधिक योजना तर्जुमा भए÷नभएको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्नादरको अवस्था, बालबालिकालाई लगाइएको पूर्ण खोपको अवस्था लगायतका १७ वटा सूचकमार्फत स्थानीय तहको कार्यसम्पादन मुल्यांकन गरेको थियो ।

काभ्रेका अन्य स्थानीय तहमा धुलिखेल नगरपालिकाले ६३.२९, पाँचखाल नगरपालिकाले ६३.१९ अक प्राप्त गरेका छन् । बनेपा नगरपालिकाले ५६.२२, पनौतीले ५५.९२ र मण्डनदेउपुर नगरपालिकाले ५३ अंक प्राप्त गरेका छन् । यस्तै गाउँपालिकातर्फ बेथानचोकले ५९.२५, खानीखोलाले ५४.९५, तेमालले ५०.५८ र भुम्लु गाउँपालिकाले ५०.२० अंक प्राप्त गरेका छन् ।

जिल्लामा सबैभन्दा कम अंक प्राप्त गर्नेमा चौरीदेउराली गाउँपालिका रहेको छ । चौरीदेउराली गाउँपालिकाले जम्मा ३७.९० अंकमात्रै प्राप्त गरेको छ । काभ्रे जिल्लामा ७ गाउँ पालिका र ६ नगरपालिका रहेकाछन् । वित्त आयोगले गरेको कार्यसम्पादन मुल्यांकनमा काभ्रे जिल्लामै उत्कृष्ट अंक सहित पहिलो स्थानमा पर्न सफल भएको रोशी गाउँपालिका अध्यक्ष डिबि लामाले वित्त आयोगले गरेको कार्यसम्पादन मुल्यांकन निश्पक्ष रहेको बताए ।

गाउँपालिका गाउँ सरकार र सबै जाप्रतिनिधिहरुले जनताको साथमा रहेको कारण जिल्लामै पहिलो हुन जनताको साथ रहेको काभ्रेहेडलाईन लाई जानकारी दिए । हामी छिटो भन्दा छिटो जनताले सेवा पाउन सकियोस भन्ने उद्देश्यले सधै फलो गरिरहेको र गाउँ सरकारले गरिने सबैखाले कार्यहरुमा जनप्रतिनिधिहरुको जनचासो रहेको कारण यो प्रतिफल मिलेको गाउँपालिका अध्यक्ष डिबि लामाले बताए ।

वित्त आयोगले गरेको कार्यसम्पादन मुल्यांकनमा काभ्रे जिल्लाको नगरपालिका तर्फ पहिलो र १३ स्थानिय तहमा तेस्रो स्थानमा पर्न सफल नमोबुद्ध नगरपालिकाका प्रमुख टंक प्रसाद तिमल्सिनाले उत्कृष्ट स्थानमा पर्नु खुशी र गौरवको कुरा भएको हामीले तोकिएकै समयमा नगरसभा सञ्चालन, नीति कार्यक्रम तथा बजेट विनियोजन, राजस्व परिचालनका काम गरिरहेका कारण नगरपालिका तर्फ पहिलो पर्न सफल भएको जानकारी दिए । वित्त आयोगले विभिन्न १७ वटा सूचकको वित्तीय क्षेत्रतर्फका सुचकको आधारमा स्थानीय तहको कार्यसम्पादन मुल्यांकन गर्ने गर्दछ । काभ्रे हेडलाईनबाट

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्