17.1 C
Kathmandu

ब्रेकिङ समाचारराप्रपाले गर्‍यो फागुन २५ देखी ३० गते सम्म विभिन्न ठाउंमा सभा गर्ने...

राप्रपाले गर्‍यो फागुन २५ देखी ३० गते सम्म विभिन्न ठाउंमा सभा गर्ने तयारी

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनाव लक्षित कार्यक्रम थालेको छ । हालै पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबाट सम्पूर्ण शक्ति निर्वाचनमा लगाउने निर्णय गरेको राप्रपाले चुनाव केन्द्रीत कार्यक्रम थालेको हो ।

राप्रपाको प्रचार विभाग प्रमुख समेत रहेका प्रवक्ता श्रेष्ठका अनुसार फागुन २५ गते झापाको बुद्धशान्तिमा, २६ गते मोरङको सुन्दरहरैचामा, २७ गते काठमाडौंको मच्छेगाँऊ र ललितपुरको चापागाँऊमा, २८ गते सुर्खेतको वीरेन्द्रनगरमा, २९ गते नेपालगन्जको त्रिभुवन चोक, फागुन ३० गते बर्दियाको गुलरियामा राप्रपाको सभाहरु हुनेछन् ।

यस्तै विभिन्न जिल्लामा पार्टी प्रवेशको कार्यक्रम राखेर राप्रपाले पार्टीलाई चलायमान समेत बनाउँदै आएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्