19.1 C
Kathmandu

ब्रेकिङ समाचारएकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक बबरमहलमा बस्दै

एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक बबरमहलमा बस्दै

काठमाडौं–एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा केहीबेरअघि बैठक सुरु भएको उपमहा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएको हो ।

बैठकमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तहको निर्वाचनको तयारी समेटिए सहितको अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

प्रतिवेदन पोलिटब्युरो सदस्यको सुझावसहित पेस गर्न लागिएको खतिवडाले जानकारी दिए । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनको बिषयमा पनि छलफल हुनेछ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्