30.1 C
Kathmandu

Uncategorizedनारी दिवसमा पाँचखाल नगरमा गीत प्रतियोगिता, दुग्धेश्वर प्रथम

नारी दिवसमा पाँचखाल नगरमा गीत प्रतियोगिता, दुग्धेश्वर प्रथम

११२ औं अन्तर्राष्ट्रिय महिला दिवसमा पाँचखाल नगरपालिकाले गीत प्रतियोगिता सम्पन्न भएको छ ।

पाँचखाल नगरपालिका परिसरमा आयोजना गरिएको गीत प्रतियोगितामा दुग्धेश्वर महिला समूह प्रथम भएको छ । प्रथम सँगै समूहले ५ हजार नगर र प्रमाणपत्र प्राप्त गर्यो ।

त्यस्तै पलाञ्चोक भगवती महिला समूह दोश्रो तथा राधाकृष्ण महिला समूह तेश्रो भए । दोश्रो भएको भगवती महिला समूहले नगद ४ हजार सहित प्रमाणपत्र तथा तेश्रो हुने राधाकृष्ण महिला समूहले ३ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे ।

सहभागि टिमहरुको गीतलाई पाँचखाल शिक्षा शाखा प्रमुख दीनानाथ पन्थी, कलाकार अरुण नेपाल, गोविन्द दुलाल, शिक्षासेवी सरस्वती चिमौरियाले निर्णयकको भूमिका निभाएका थिए ।

विजयी टिमलाई पाँचखाल नगरउपप्रमुख लक्ष्मी दनुवारले पुरस्कार हस्तान्तरण गरिन् । प्रतियोगितामा नगरभित्रका ७ टिम सहभागि भएका थिए ।

कार्यक्रमको उद्घाटन पाँचखाल नगरप्रमुख महेश खरेलले गरेका थिए । कार्यक्रममा पाँचखाल नगरका प्रमुख खरेलले नारी र पुरुष दुबैलाई समान व्यवहार गर्नुपर्ने बताए । नगरप्रमुख खरेलले नारी दिवसमा एक दिन नारीको सम्मान गर्ने भन्दा पनि हरेक दिन सम्मान र समान व्यवहार गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नारीले नारीकै खुट्टा तान्ने प्रवृति देखिएको भन्दै त्यस्ता कृयाकलाप त्याग्न अनुरोध समेत गरे । त्यस्तै पाँचखाल नगर उपप्रमुख लक्ष्मी दनुवारले महिला हिंसा न्यूनिकरण गर्न सबैको सहयोग आवश्यक भएको बताईन । उनले आफु पाँचखाल नगरपालिकाको न्यायिक समितिको संयोजक भएकोले त्यस्ता हिंसामा परेका महिलाहरुलाई आफुलाई परेको समस्या तथा हिंसामा नै परेको भएपनि उजुरी गर्न आग्रह गरिन ।

कार्यक्रममा पाँचखाल नगरका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष संजय तामा, वडा नं ३ का अध्यक्ष सुन्दर अधिकारी, वडा नं ४ का अध्यक्ष सुन्दर लामा, वडा नं ५ का अध्यक्ष बालकृष्ण सापकोटा, पाँचखाल नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख पुण्यश्वरी श्रेष्ठ, पाँचखाल नगरपालिकाका सूचना अधिकारी सुविता ढुंगाना लगायतले महिला अधिकार बारे चर्चा गरेका थिए ।

त्यस्तै पाँचखाल नगरपालिका वडा नं ११ खरेलथोकमा पनि एक कार्यक्रमका विच नारी दिवस मनाईएको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्