27.1 C
Kathmandu

ब्रेकिङ समाचारगुरुगोरक्षनाथ अन्तर्राष्ट्रिय आधारशिलाको अधिवेशन सम्मन्न : शोभा पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुरुगोरक्षनाथ अन्तर्राष्ट्रिय आधारशिलाको अधिवेशन सम्मन्न : शोभा पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडौं । हिन्दु धर्मको प्रवर्धन तथा बिभिन्न किसिमका सामाजिक काममा अग्रसर भुमिका निर्वाह गरीरहेको गुरुगोरक्षनाथ अन्तर्राष्ट्रिय आधारशिलाको अधिवेशन सम्पन्न भएको छ ।
आज सम्पन्न अधिवेशनमा समाजसेवि तथा महिला नेतृ शोभा पाठकको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरीएको छ ।
धार्मिक ब्यक्तित्व राम बाबा को संरक्षकत्व रहने गरी अध्यक्षमा शोभा पाठक , वरिष्ठ उपाध्यक्षमा राजुलाल श्रेष्ठ “जालपा ”, उपाध्यक्षमा बल बहादुर मल्ल र गोपाल न्यौपाने ,महासचिव दिनेश कुमार दाहाल “दारी बा ” , सचिव जनार्दन के.सी. ,सहसचिव बिशाल लामा , कोषध्यक्ष सहदेव न्यौपाने तथा केन्द्रीय सदस्यहरुमा विजय श्रेष्ठ , भगवती खड्का ,कविता खाती , निशा घिमिरे , कमलमान श्रेष्ठ निर्वाचित हुनु भएको छ भने बाँकी सदस्यहरु मनोनित गरी २१ सदस्सीय पुर्ण समिति बन्ने महासचिव दिनेश कुमार दाहाल “दारी बा ”ले जानकारी गराउनु भएको छ ।
यो संस्थाले हिन्दु धर्म तथा बिभिन्न धार्मिक स्थलहरुको संरक्षण ,संबर्धन तथा प्रबर्धन गर्न महत्वपुर्ण कार्ययोजना समेत तयार गरेको जनाएको छ ।
धर्मको नाममा हुनै सबै खाले बिकृतिहरुलाई अन्त्य गर्दै सनातन हिन्दु राज्य निर्माण गर्न यो संस्थाले देश तथा बिदेशमा समेत आफ्नो शाखा बिस्तार गरी ब्यापक जन दवाब सृजना गर्ने जनाएको छ ।
देशभित्र बिभिन्न स्थानहरुमा धर्मशाला तथा मठ मन्दिर लाई निर्माण , पुन निमार्ण , संबर्धन र प्रबर्धन गर्न अन्र्राष्ट्रिय स्तरबाट सहयोग जुटाएर सनातन हिन्दु धर्मको उद्गम स्थल नेपाल लाई बिश्व सामु परिचित गराउनु यो संस्थाको मुख्य कार्यभार रहेको संस्थाका वरिष्ठ उपाध्यक्ष राजुलाल श्रेष्ठ ( जालपा ) ले बताउनु भयो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्