30.1 C
Kathmandu

कला/ साहित्यतामाङ चलचित्रसंघ नेपालको आयोजनामा तामाङ चलचित्र कार्यशाला गोष्ठी काभ्रेमा सम्पन्न

तामाङ चलचित्रसंघ नेपालको आयोजनामा तामाङ चलचित्र कार्यशाला गोष्ठी काभ्रेमा सम्पन्न

७ मार्च २०२२/कुङ्गा होईसेर(दिपक)तामाङ
जापान- तामाङ चलचित्र संघ नेपालको आयोजनामा तामाङ चलचित्रहरूको लागि दिने कार्यशाला गोष्टी काभ्रेको नमोबु्द्व नगरपालिका भकुण्डेबेशीमा सम्पन्न भएको छ।
‘तामाङ चलचित्रको बजार व्यवस्थापन तथा गुणास्तरीय तामाङ चलचित्र सम्बन्धी कार्यशाला गोष्ठी’तामाङ चलचित्र संघ नेपालको आयोजना तथा चलचित्र बिकासबोर्ड,आदिवासी जनजाति मातृभाषा चलचित्र प्रबर्धन समितिको सह-आयोजनामा भएको हो। गोष्ठीमा सहभागीहरू लाई औपचारिक समारोहको आयोजना गरी प्रमाणपत्र वितरण गरिएको छ।
समापन समारोहमा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रोशी गाउॅंपालिकाको अध्यक्ष डिबि मोक्तान तामाङले जगतको ईतिहास बोकेर तामाङ चलचित्रकर्मीहरू पहिचानको प्रबर्धनमा लागिरहेकोमा दुई मत नरहेको बताउनु भयो।
ईतिहास नभुल्न आग्रह गर्दै उहांले भन्नुभयो ‘हिजो भिमफेदीबाट गाडी बोक्ने मान्छे,रानीवनबाट दाउरा बोक्ने मान्छे हौं हामी त्यो ईतिहासलाई सम्झेर अघि बढ्नुपर्छ।’
उहांले चलचित्रकर्मीहरूले गुमेको अधिकार प्राप्तिका लागि तामाङ चलचित्रसंघले काम गर्ने बिश्वास ब्यक्त गर्नुभयो।तामाङ कलाकार र उनीहरूको गतिबिधिबाट आफू टाढा नरहेको उल्लेख गर्दै उहांले राम्रो कामको प्रोत्साहन दिने र कमीकमजोरीलाई सच्याउॅंदै अघि बढ्ने गर्ने गरेको बताउनु भयो।
तामाङ कलाकारहरूमा खुट्टा तान्ने प्रबृति रहेको खुलासा गर्दैं उहांले यो प्रबृति अन्त्य गरेर एक हुन शुभकामना ब्यक्त गर्नुभएको छ।रोशीका कलाकारहरूलाई रोशी कला परिषद् गठन गर्न गरेको सल्लाह पूरा नभएको असन्तुष्टी थियो ।तामाङ कला संस्कृति संरक्षणमा ब्यक्तिगत रूपमा गाउॅंपालिका पछि नपरेको जनाउॅंदै उहांले यसमा अहिले सामाजिक सन्देश दिने खालको छोटो चलचित्र’सामाजिक सन्जाल’मा तामाङ चलचित्र संघसॅंग साझेदारी गरेको जानकारी दिनुभयो।
नेपाल तामाङ राष्ट्रिय घेदुङका महासचिव प्रविन बल तामाङले गोष्ठीले चलचित्रको संबर्धन प्रबर्धनमा महत्वपूर्ण भुमिका खेल्ने बिश्वास व्यक्त गर्दै राज्यका मुल धारका भनिएका चलचित्रहरूले जस्तै राज्यबाट पाउने सुबिधा प्राप्तिमा दबाब पुग्ने बताउनुभयो।
चलचित्र प्राबिधिक संघका अध्यक्ष पुष्कर लामाले तामाङ चलचित्र क्षेत्रले आशा गरेको भन्दा माथिल्लो स्तरको गोष्ठी पाएको दाबी गर्नुभयो।तामाङ चलचित्रको स्वदेशदेखि बिदेशसम्म प्रचारदेखि बजार प्रबर्धन सम्मको उपलब्धी हांसिल गर्न यो गोष्ठी फलदायी हुने उहांको भनाई थियो।
कार्यक्रमका सभापति तामाङचलचित्र संघका अध्यक्ष कुमार मोक्तानले कोभिड लगायतका कारण गोष्ठी ढिला भएपनि सोचेभन्दा राम्रो भएको दाबी गर्नुभयो।यो गोष्ठी समापनसम्म आईपुग्दा चलचित्रका हरेक बिधालाई समेट्न सकेको उहांले बताउनुभयो।समापन समारोहमा प्रस्तुत गरिएका तामाङ कलाकारहरूको प्रस्तुतीले आफूलाई उर्जा मिलेको उल्लेख गर्दै उहांले भन्नुभयो-‘भर्खरका कलाकारदेखि पुराना कलाकारसम्मको प्रस्तुतिहरूले सबैको मन छोएको,म्हेन्दोमाया,सेलो,र्याप गीत गाउनेदेखि नाच्ने र अभिनय गरेने सम्म सबैलाई समेटेका छौं तामाङ नायक नायिका पर्दामा मात्र हैन बास्तबिक जीवनमा पनि प्रत्यक्ष रूपमा पनि कला प्रस्तुतीमा अरूभन्दा कम छैनन भन्ने सन्देश पनि दिनुभएको छ।’कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष विक्रम शाही,वरिष्ठ कलाकार अमृत लामा,म्हेन्दोमाया गयिका प्रेमा तामाङ,र्याप गायक तथा संगीतकार उत्तर लामा(संगुल)गायक कर्म तामाङको उपस्थिति संगै संगितिक प्रसतुति दिनुभयो भने भुईसाल तामाङ लगायतका कलाकारहरूले मौलिक नृत्य,गोकुल तामाङको ह्स्य नृत्य,कोम्हेन्दो मिडिया हाउसका तर्फबाट सेलो नृत्य सुनिता दोङ र सागर घिसिङको युगल आधुनिक तामाङ गीतको मोडलिङ नृत्यले सबैको मन तानेको थियो।
कार्यक्रममा प्रमुख अतिथि ,बिशेष अतिथि ,अतिथि,सहयोगी सञ्चारकर्मी लगायतलाई सरसम्मान मायाको चिनो बितरण गरिएको थियो। गोष्ठीमा तामाङ चलचित्र संघका २९ र कला क्षेत्रमा लागेका नयां पुराना पुस्ताका दर्जनौं भन्दा बढी सहाभागी थिए।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्