16.8 C
Kathmandu

कला/ साहित्यमिस तामाङ -२०२२ को ताज सोलुखुम्बुकी रन्जना तामाङ स्याङ्बोलाई

मिस तामाङ -२०२२ को ताज सोलुखुम्बुकी रन्जना तामाङ स्याङ्बोलाई

२२ फाल्गुन २०७८
काठमाडौ
| १४ औं संस्करण मिस तामाङ-२०२२ को विजेता सोलुखुम्बुको रन्जना तामाङ बनेकी छिन ।

मम्स ईन्टरनेशनल नेपालको आयोजनामा आईतवार काठमाडौ स्थित राष्ट्रिय सभागृहमा १६ जना प्रतिस्पर्धी बाट विजेता छ्नौट कार्यक्रम सम्पन्न भएको हो ।

अनेरास्ववियुको पुर्व अध्यक्ष एवम् माननीय सांसद नविना लामाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिस्पर्धीहरुको क्षमता र व्यक्तित्वको मुल्यांकन गरि विजेता-उपविजेता छनौटका लागि निर्णायकको भुमिका निर्वाह गर्नका लागि अनुस्का श्रेष्ठ, केडि मोक्तान, डा.दिल बहादुर थोकर, किङराज वाइवा र पिङ्की घिसिङ रहेका थिए ।

तामाङ कला, संस्कृति, भेषभुषा र भाषाको संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले आयोजित १४ औं संस्करण मिस तामाङ-२०२२ मा सहभागी १७ जना मध्य एक जना प्रतिस्पर्धीको अनुपस्थितिमा १६ जना मध्यबाट छनौट गरेकोमा विजेता रन्जना तामाङ,पुजा तामाङ फस्ट रनर अप बनिन् भने डि जी लोप्चान सेकेण्ड रनर अप बनेकी छिन ।

मम्स ईन्टरनेशनलले हरेक वर्ष आयोजना गर्दै आएको मिस तामाङ प्रतियोगिताको यस पटकको विजेतालाई नगद रु एक लख फस्ट रनर अपलाई रु पचास हजार र सेकेण्ड रनर अपलाई रु ३० हजार सहित अन्य गिफ्ट ह्याम्पर वितरण गरेका थिए ।

तामाङ कला, संस्कृति, भेषभुषा र भाषाको संरक्षण तथा प्रवर्द्धनको उदेश्यले आयोजना गरेको मिस तामाङले तामाङ भाषालाई भने खासै महत्वका साथ कार्यन्वयनम ल्याएको पाईएन । विगतका वर्षहरुमा पनि यस्ता प्रतिकृया सामाजिक संजालमा आएका थिए ।

तामाङ भाषाको प्रयोगमा नत उद्घोषक, नत निर्णायकको भुमिका निर्वहा गर्दै प्रश्न गर्ने निर्णायक मण्डलमा रहेकाले गरे भने न त प्रतिस्पर्धीले नै ।

हुन त हरेक कार्यक्रममा स-साना त्रुटी कमि कमजोरी हरु हुन्छ्न नै तर हिजोको उक्त कार्यक्रममा तामाङ भाषालाई अपहेलना मात्रै गरेनन, निर्णायकले प्रश्न गर्दा प्रतिस्पर्धी नै अलमल्लमा पर्ने गरि प्रश्न उच्चारणमा समेत गल्ती गरेका थिए ।

एउटा निर्णायकले समलिङ्गी भन्ने सब्द उच्चारण गर्न नसकेर सम्मान लिङ्गी र अर्को निर्णायकले प्रबर्द्धन भन्ने शब्द उच्चारण गर्न नसकेर प्रबन्धन भनेर बार बार उच्चारण गरिरहे । जसको कारण धुमधामका साथ सम्पन्न मिस तामाङ-२०२२ को कार्यक्रमको अस्तित्वमा नै आंच आएको महशुस सबैले सहजै अनुमान लगाएका थिए ।

यदि तामाङ भाषाबाट प्रस्नोत्तर गरेका भए सायद त्यस्ता गतिविधिहरु देखिदैन थियो होला ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्