18.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध ९ गहतेमा ग्याल्बो ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न

नमोबुद्ध ९ गहतेमा ग्याल्बो ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौ | काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ९ गहतेमा शुक्रवार ल्होछार कार्यक्रम सम्पन्न भएको छ ।

गहते डिहि युवा क्लबको आयोजनामा २१४९ औं बाघ बर्ष ग्याल्बो लोछार बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

बिहिवार स्थानिय लामा गुरुहरुद्वारा मोलम पाठ गरि ग्रह दशा अर्थात ल्होगाक फाली बिधिवत रुपमा पहिलो दिनको कार्यक्रम सम्पन्न भएको थियो भने दोस्रो दिनको कार्यक्रममा नमोबुद्ध नगरपालिकाका उप-मेयर राम देवि तामाङको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वडाध्यक्ष मेल बहादुर लामा, रत्न लामा, अमित लामा, सिर्दास लामा लगायतका नेता तथा समाझसेवीहरुको आतिथ्यता रहेका थिए ।

छोटो समयमा औपचारिक कार्यक्रम सम्पन्न पश्चात् नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ, उपाध्यक्ष विशाल काल्तान, जितु लोप्चान लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिहरुहरुका साथ नाच-गान कार्यक्रमलाई जोड दिएका थिए ।

बृहत् ल्होछार सांस्कृतिक कार्यक्रममा स्वर्गिय बरिस्ठ कलाकार जयनन्द लामाको फोटोमा माल्यार्पण को साथै छ्युमे बालेर श्रद्धाञ्जली कार्यक्रम समेत राखेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्