30.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेका पुजन बानियाँ  पाँच दिनदेखि बेपत्ता

काभ्रेका पुजन बानियाँ  पाँच दिनदेखि बेपत्ता

काभ्रे-काभ्रेका २३ वर्षीय पुजन बानियाँ पाँच दिनदेखि बेपत्ता भएका छन् ।  यहि फागुन ५ गते देखि  घरबाटै उनी सम्पर्कविहीन भएका हुन् । 

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ११ घर भएका बानियाँ  एउटा मोबाइल, एउटा ल्यापटप, २ जोर जुत्ता र  केहि कपडा झोलामा बोकेर गएको उनको कोठा हेर्दा  थाहा भएको र छिमेकीले देखेको बानियाँको दिदि पुजा बानियाँले  बताइन । 

उनको मोबाइल अहिले अफ रहेको छ । गत ५ गते देखि हराएका बानियाँ अहिले सम्ममा पनि सम्पर्कमा नआए पछि परिवारले सबैलाई खोजी गरिदिन अनुरोध गरेका छन् । 

आफन्तजनहरुले भेटाउन नसकेपछि हुलियासहित खोजबिनका लागि प्रहरीमा अनुरोध गरेको उनको दिदि पुजाले बताइन । उनलाई  देख्नेले ९८४९०१३४९४ सम्पर्क गरिदिन वा नजिकैको प्रहारी कार्यालयमा  सम्पर्क गरिदिन  उनको परिवारले आग्रह गरेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्