16.8 C
Kathmandu

कला/ साहित्यTikTok मा च्याङ्बा र मैच्याङको नामले चर्चामा रहेको जोडिलाई डम्फु मिडियाले गरे...

TikTok मा च्याङ्बा र मैच्याङको नामले चर्चामा रहेको जोडिलाई डम्फु मिडियाले गरे सम्मान

९ फाल्गुन २०७८
काठमाडौ
। टिकटक भाईरल जोडि च्याङ्बा र मैच्याङलाई शनिवार तामाङ सुपर स्टार डम्फु मिडिया द्वारा सम्मान गरेका छन ।

इलामबाट दुई वर्ष अघि देखि टिकटक बनाउंदै आएका च्याङ्वा अर्थात पेम्बा लामा र काभ्रेको देविटार बाट टिकटक बनाएर लेकाली मैच्याङको नामबाट आफुलाई सर्वाधिक टिकटिक युजरहरुको मनमा बस्न सफल टिकटक युजर हुन पेम्बा र कुन्साङ ।

टिकटक मार्फत विशेष गरि तामाङ सेलो गीतसंगीतलाई समेत प्रवर्द्ध/प्रचार गर्दै आएका छ्न पेम्बा र कुन्साङले ।

हुन त पछिल्ला समय भाईरल हुने नाममा कत्तिपय टिकटक युजरहरुले अश्लिल र समाजमा बिकृती फैलाउने खालका भिडियो बनाउनेहरुले गर्दा टिकटक हेर्नेहरुलाई हैरानी खेप्नु पर्ने अवस्था समेत रहेको यो अवस्थामा यी दुईले भने रचनात्मक ढङ्गले आफ्नो कलालाई टिकटक मार्फत प्रस्तुत गर्दै आएका छ्न ।

यत्ती मात्रै नभएर विशेष गरि कुन्साङले पछिल्ला समयमा बिविन्न युट्युवहरु मार्फत अन्तरवार्तको क्रममा आफ्नो भाषा, धर्म, संस्कृती, घोइलो, हृमठिम लगायको कुरालाई समेत उठाएर यो कलिलो उमेरमाई धेरै मानिसको मन मस्तिष्कमा बस्न सफल भएकी छिन ।

तसर्थ तामाङ सुपरस्टार डम्फु मिडिया प्रा.लि.द्वारा दुवै जनालाई सम्मान गरेको डम्फु मिडियाका संचालक एवम् तामाङ चलचित्रका महानायक अमिर दोङले बताएका हुन ।

सम्मान कार्यक्रममा तामाङ कलाकारहरुको साथमा जनप्रतिनिधी, संचारकर्मी र व्यवसायीहरुको समेत उपस्थिती रहेका थिए ।

उपस्थित सवैले पेम्वा र कुन्साङलाई भाईरल क्षेणिकको लागी नहुन आफ्नो कला र क्षेमतालाई प्रयोग गर्दै निरन्तर आफ्नो समुदाय र तामाङ गीत संगीतमा समेत योगदान दिन सल्लाह सुझाव दिएका थिए ।

सबैको सल्लाह सुझावलाई ग्रहण गर्दै यसरी सम्मान गरेकोमा डम्फु मिडियालाई धन्याव व्यक्त गरेका थिए मैच्याङ र च्याङ्वाले ।

आफुहरुले सवै सुझावहरुलाई ग्रहण गर्दै अझ यो सम्मानले जिम्मेवारि थपिएको कुरा राख्दै तामाङ सेलोमा भिडियो खेल्ने ईच्छा समेत व्यक्त गरेका थिए दुबैले ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्