17.1 C
Kathmandu

कला/ साहित्यबिशाल काल्तनको मेरो स्टाईल(कानैमा सुन दिउंला) दश लाख दर्शकको आंखामा

बिशाल काल्तनको मेरो स्टाईल(कानैमा सुन दिउंला) दश लाख दर्शकको आंखामा

९ फाल्गुन २०७८
काठमाडौ
। चर्चित गायक तथा संगीतकार बिशाल काल्तनको मोडर्न सेलो गीत मेरो स्टाईल(कानैमा सुन दिउंला) दस लाख जनाले हेरेका छ्न ।

हाल नेपाल तामाङ कलाकार संघको वरिष्ठ उपाध्यक्ष समेत रहेका काल्तन बिशेषता व्यवसायिक कलाकारको रुपमा स्थापित कलाकार हुन ।

शब्द, संगीत र स्वर समेत काल्तनको आफ्नै रहेको उक्त गीतको भिडियो एक वर्ष अघि मात्रै गायक तथा संगीतकार द्वय विशाल काल्तनको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेका थिए ।

युद्ध लामा ब्लोनको निर्देशन तथा कोरियिग्राफिमा बनेको उक्त गीतको भिडियोमा भने मिलन थिङ पाराङ, सन्तोष दोङ तामाङ, सन्जय थिङ, कुइसाङ रुम्बाको साथमा ईसा घिसिङको अभिनय रहेको छ ।

दस लाख दर्शकको माया पाएको खुशियालिमा उक्त गीतको भिडियो निर्माण पक्षले शनिवार जोरपाटी स्थित एक होटलमा केक काट्दै खुशियाली मनाएका थिए ।

यो गीतले युट्युवमा जत्ती चर्चा र सफलता पाए उत्तिकै टिकटकमा समेत धेरैले रुचाएका छ्न ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्