19.1 C
Kathmandu

कला/ साहित्यकुङ्ग होइसेर(दिपक) तामाङको प्रेम गीत "ज्युम नेसी" भोलि सार्वजनिक हुंदै

कुङ्ग होइसेर(दिपक) तामाङको प्रेम गीत “ज्युम नेसी” भोलि सार्वजनिक हुंदै

६ फागुन २०७८
काठमाडौ । कुङ्ग होइसेर(दिपक) तामाङको नयाँ प्रेम गीत “ज्युम नेसी” म्युजिक भिडियो सहित भोलि शनिवार सार्वजनिक गर्ने भएको छ ।

पछिल्लो समय बिदेशमा रहेका नेपालीहरुले गीतसंगीत क्षेत्रमा निक्कै चासो दिदै भिडियो निर्माण गर्ने क्रम बढेको छ । यसै क्रममा अध्ययनको सिलसिलामा जापानमा रहेका कुङ्ग होइसेर(दिपक) तामाङले बिलकुलै फरक धारको प्रेम गीत ज्युम नेसीको भिडियो निर्माण सम्मपन्न भएको छ ।

अमिर दोङको निर्देशन तथा हेरुका लामा बलको कोरियोग्राफिमा नव मोडल बिकास दोङ तामाङ र चर्चित मोडल निरान्जली लामाको अभिनय रहेको छ ।

यस गीतमा अमेरिकामा रहेको टुल्कु लामाको शब्द रचनामा दक्षिण कोरियाबाट छेडुप लामा मोक्तानले संगीत गरेका हुन । गीतमा स्वर भने रश्मि दोङ तामाङ र नव गायक मनिक लामाको रहेको छ ।

दोलाखाको खरिढुङ्गा हुँदै फिल्म सिटि देखि काठमाडौ उपत्यकाको विभिन्न ठाउँमा छायंकन सम्पन्न भएको उक्त गीतको भिडियो भोलि शनिवार काठमाडौ बौद्ध जोरपाटी स्थित होटल याङरिमा हिलसिटिमा एक विशेष कार्यक्रमका विच सार्वजनिक गर्ने तयारी रहेको निर्माण पक्षले जानकारी दिएको छ ।

यसरी छायंकन भएको थियो ज्युम नेसी..

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्