19.1 C
Kathmandu

कला/ साहित्यटिकटक हेरेर गीतको भिडियो सार्वजनिक, मनोरन्जनको साथै सन्देशमुलक भिडियोको रुपमा चर्चा !

टिकटक हेरेर गीतको भिडियो सार्वजनिक, मनोरन्जनको साथै सन्देशमुलक भिडियोको रुपमा चर्चा !

२८ माघ २०७८
काठमाडौ । शुक्रवार सन्जिव गोले तामाङको नयाँ गीत टिकटक हेरेर को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बौद्ध स्थित सेकुव जक्सनमा एक कार्यक्रमका बिच डम्फु मिडिया मार्फत सार्वजनिक गरिएको उक्त गीतमा शब्द धनराज तामाङको रहेको छ भने संगीत कुन्साङ लोप्चानको रहेको छ । चर्चित गायिका जितु लोप्चान र सन्तोष गोलेको सुमधुर आवाज रहेको उक्त गीतको भिडियो तर्फ भने नायिका सुस्मा मोक्तानको साथमा सन्जिव गोले तामाङको नृत्य र अभिनय हेर्न सकिनेछ
। चर्चित हास्य कलाकार कुईसाङ रुम्वाको समेत छोटो अभिनय रहेको उक्त भिडियोमा कुईसाङ रुम्बा र सुस्मा मोक्तान बिचको छोटो संवातले समुदायमा रहेका बिद्यार्थीहरु पप्जी र टिकटकका कारण अध्ययनमा ध्यान नदिएको र यसले गर्दा बिद्यार्थीको भबिस्य नै बिग्रेको कुरालाई यथार्थ चित्रण गरेको देखिन्छ । जस्को कारण यो गीतको भिडियोले मनोरन्जनको साथै समुदायको लागि सन्देश दिनेछ भन्ने चर्चा सार्वजनिक कार्यक्रममै चलेको थियो ।
निक्कै पुरानो मोडल तथा निर्देशक सुर्य लामा दोङको निर्देशन तथा कोरियोग्राफिमा बनेको भिडियोलाई अझ प्रभावकारी बनाउन कृष्ण लामा ब्लोनले सहायक निर्देशक/कोरियोग्राफिको भुमिका निर्वहा गरेको छ ।

भिडियोको छायांकन बज्र ङ्यासुर र रोणिस तामाङले गरेका हुन भने सम्पादन कृष्ण लामा ब्लोनले गरेका हुन । भिडियोको पोस्ट प्रोडक्सन्को सम्पुर्ण काम डम्फु मिडिया हाउसको रहेको छ ।

भिडियो सार्वजनिक कार्यक्रममा नेपाल तामाङ कलाकार संघका अध्यक्ष एवम् गायक तथा संगीतकार विश्व दोङ प्रमुख अतिथिको रुपमा रहेका थिए भने नायिका रन्जिता ब्लोन बिशेष अतिथिको रुपमा उपस्थित रहेका थिए ।
महानायक अमिर दोङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नायक सन्दिप स्यङ्तान, गायक तथा नेपाल तामाङ कलाकार संघका सचिव सुबास मोक्तान लगायत अन्य थुप्रै कलाकारहरुको उपस्थिति रहेका थिए ।
भिडियो हेर्नुहोस…

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्