18.1 C
Kathmandu

कला/ साहित्यमिलन लामा(जिग्मे सिङ्गे वाङ्चुक)र याङ्गी दोङ अभिनित'फोटो चिनो'को छायाङ्कन कार्य सम्पन्न

मिलन लामा(जिग्मे सिङ्गे वाङ्चुक)र याङ्गी दोङ अभिनित’फोटो चिनो’को छायाङ्कन कार्य सम्पन्न

२५ माघ २०७८/कुङ्गा होईसेर(दिपक)तामाङ
जापान-नव मोडेल मिलन लामा(जिग्मे सिङ्गे वाङ्चुक)र याङ्गी दोङको अभिनयमा रहेको तामाङ भाषाको मायाप्रेम सम्बन्धी गीत ‘फोटो चिनो’को छायाङ्कन कार्य सम्पन्न भएको छ।
निमा दोङको शब्द संगीत र स्वरमा रहेको उक्त गीतमा चर्चित गायिका जितु लोप्चनले स्वर दिएकी छिन।चर्चित गायक तथा संगीतकार उर्गेन दोङले निर्देशन गरेको तामाङ प्रेमगीतमा नव मोडेल मिलन लामा’जिग्मे सिङ्गे वाङ्चुक’ले डेब्यु गरेका छन।
नेपालको रमणीय ठांउ दोलखा कालिन्चोक र काभ्रेको रोशी गाउपालिकाको रोशी खोला आशपास छायाङ्कन गरेको उक्त गीतको क्यामरा म्यान भने जितु लामा रहेका छन।
दोलखा कालिन्चोकमा र रोशीखोला आशपास गरी करिब करिब ३ दिनमा छायाङ्कन कार्य सम्पन्न गरेको उक्त गीतको म्सुजिक भिडियो चांडै नै बजारमा आउने तयारी रहेको नव मोडेल मिलन’जिग्मे सिङ्गे वाङ्चुक’ले हामी मार्फत जानकारी दिदै यो भिडियो अरू म्युजिक भिडियो भन्दा फरक किसिमको कथामा बनेको र दर्शकले रूचाउनुहुन्छ भन्ने बिश्वासका साथ प्रतिक्षा गर्न अनुरोध गरेका छन।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्