25.1 C
Kathmandu

कला/ साहित्यहेरुका लामाको ‘चम चम ‘लाई ९० दिनमा दश लाख दर्शकको माया

हेरुका लामाको ‘चम चम ‘लाई ९० दिनमा दश लाख दर्शकको माया

२४ माघ २०७८
काठमाडौ | पछिल्लो समय गीत संगीतको बजारमा दर्शक श्रोताको माया जोख्ने तराजु बनेको छ युट्युव । बिज्ञान प्रविधिको बिकाससंगै युट्युवको भिउज हेरेरै मात्र कुन गीत बजारमा कत्ती चल्यो दर्शकले कत्ती रुचाए भनेर जोख्ने एक मात्र माध्यम बनेको छ युट्युव ।

यसै क्रममा तामाङ गीत संगीतको बजारमा ९० दिनमा दस लाख दर्शकको माया बटुलेको छ हेरुका लामाको तामाङ सेलो गीत चम चमले ।

९० दिन अगावै बौद्ध स्थित सेकुवा जकशनमा पत्रकार सम्मेलम मार्फत हेरुका लामा अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेको चम चम बोलको तामाङ सेलो गीतको म्युजिक भिडियोले दस लाख दर्शकको माया बटुल्न सफल भएको हो ।

दश लाख दर्शकको माया पाएको खुसियालिमा आइतबार बेलुका चम चमको सिङ्गो टिम, गीतसंगीतप्रेमी व्यक्तित्वहरु र पत्रकारहरुको उपस्थितिमा केक नै काटेको छ । यसो त तामाङ गीत संगीतको बजारमा दश लाख भिउज बटुलेका गीतहरु औंला भाँची गन्न सक्ने अवस्थमा छ ।

प्रतीक मोक्तानको शब्दमा जोगलाल लामाले संगीत गरेको उक्त गीत बेनु लामा र सृजना स्याङ्तानले गाएका हुन ।

हेरुका लामाको निर्देशम तथा कोरियोग्राफिमा बनेको भिडियो तर्फ भने हेरुका लामा, निरन्जली लामा, राजीव लुङ्वा र सबु गोलेको अभिनय रहेको छ । अतिथी कलाकारको रुपमा महा नायक अमिर दोङ, रमेश पौडेल, सन्जय बुढथोकी, रबिन्द्र खड्का, सन्जिव वाइबा, सिताराम वाइबा लगायतको अभिनय देख्न सकिनेछ । यसै भिडियोमा महा नायक अमिर दोङ भने यश भिडियोमा फरक गेट अपमा देख्न सकिनेछ ।

भिडियो सार्वजनिक कार्यक्रममा पत्रकार र कलाकारहरुको बिचमा निक्कै नै बहस चलेको थियो । शब्द रचनामा ख्याल नगरेको भन्दै पत्रकारहरुको गुनासो मेटाउने जमर्को गरेका थिए सिङ्गो टिमले नै । उक्त भिडियोले नै आज ९० दिनको अन्तरालमा दश लाख दर्शकको माया बटुल्न सफल भएको हो ।

यत्ती मात्र नभएर अझै पनि भिडियोको भिउज बड्ने क्रम अझै रहेको छ । दश लाख दर्शकको माया पाएको उपलक्ष्यमा केक काटेको र उक्त बिषयमा हामिले समाचार लेख्ने बेला सम्म १० लाख १० हजार पटक हेरिसकेका छन । प्रत्यक्ष रुपमा युट्युवमा ८ हजार आठ सयले मन पराएका छ्न भने २ सय ७४ जनाले प्रतिकृया दिएका छ्न ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्