23.1 C
Kathmandu

कला/ साहित्यगायक तथा संगीतकार कबिन्द्र मोक्तानको मर्मस्पर्शी नेपाली गीत 'भेदभाव' भिडियो सहित सार्वजनिक

गायक तथा संगीतकार कबिन्द्र मोक्तानको मर्मस्पर्शी नेपाली गीत ‘भेदभाव’ भिडियो सहित सार्वजनिक

१८ माघ २०७८,
काठमाडौ | गायक तथा संगीतकार कबिन्द्र मोक्तान तामाङको निक्कै नै मर्मस्पर्शी नेपाली गीत ‘भेदभाव’ भिडियो सहित सार्वजनिक भएको छ ।

केही दिन अगाडी मात्रै मोक्तानको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको यो गीत निक्कै अर्थपूर्ण र सन्देशमुलक रहेको छ । मुलुकमा राजनीतिक अवस्था र व्यबस्था फेरे पनि अझै पनि गाउँ वस्तीमा जातिय भेदवाब कायम नै रहेको छ । अन्य कुरामा भेदवाब कतै होल या नहोला तर माया पिरती र बिवाहको केसमा भने खुलेरै अन्तरजातीय प्रेम तथा बिबाह समाजले सहजै स्विकार्न नसक्ने अवस्थालाई कसैले लुकाएर लुक्ने कुरा नै होइन ।

अझ दलित समुदायसंग जोडिएको माया पिरती र विवाह स्विकार्नत समाजको लागि फलामको चिउरा चपाउनु भन्दा पनि मुस्किल नै रहेको छ । यही बिषय वस्तुमा आधारित रहेर बनेको नेपाली गीत हो ‘भेदभाव’
कबिन्द्र मोक्तान तामाङको आफ्नै शब्द संगीतमा बनेको यो गीतमा कबिन्द्र मोक्तान तामाङ र रचना रिमालको सुमधुर आवाज रहेको छ ।

कर्साङ लामाको एरेन्ज र मिक्सिङ रहेको यो गीत पारिजात स्टुडियोमा रेकर्ड गारिएको हो । मिस्टर काजी लामाको निर्देशनमा बनेको यो गीतको भिडियोमा नायिका सुश्मा मोक्तानको साथमा काजी लामाको आंखै रसाउने अभिनय हेर्न सकिनेछ ।

कबिन्द्र मोक्तान केही समय यत्ता नेपाली तथा तामाङ भाषाको गीतसंगीत क्षेत्रमा निक्कै नै चासोको साथ अघि बढीरहेको छ । मोक्तानले यस अघि ‘महल नहोला’, ‘भुल्नलाई गाह्रो भो’, सुखको दिन’, ‘ए चेक्खेन’ जस्ता नेपाली तथा तामाङ भाषाका गीतहरु बजारमा ल्याईसकेका छ्न ।

भिडियो हेर्नुस्…

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्