26.1 C
Kathmandu

कला/ साहित्यराष्ट्रिय तामाङ घेदुङद्वारा ल्होछार इभमा दीप प्रज्वलन, संस्थाको निर्माणाधीन भवन झिलिमिली

राष्ट्रिय तामाङ घेदुङद्वारा ल्होछार इभमा दीप प्रज्वलन, संस्थाको निर्माणाधीन भवन झिलिमिली

१८ माघ २०७८,
काठमाडौ | २८५८ औं ताक(च्यान) अर्थात बाघ वर्ग सोनाम ल्होछार इभको अवसर पारेर राष्ट्रिय तामाङ घेदुङद्वारा संस्थाको निर्माणाधीन भवनको प्राङ्गणमा दिप प्रज्वलन गरेको छ ।

राष्ट्रिय तामाङ घेदुङले काठमाडौको बुढानिलकण्ठ चप्पलि २ स्थित संस्थाको निर्माणाधीन भवनको प्राङ्गणमा संस्थाको पदाधिकारी, पत्रकार तथा अन्य संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा ल्होछार इभको अवसर पारेर दिप प्रज्वलन गरेका हुन् ।

संस्थाको निर्माणाधीन उक्त भवन आज राती बेहुली सझाए जस्तै झिलिमिली बिजुली बत्तिका साथ सझाईएको छ ।

आज रातको १२ बजे पछि म्हे ल्हो अर्थात गोरु बर्षलाई बिदाई गरि ताक(च्यान) अर्थात बाघ बर्षलाई स्वागत गर्ने क्रममा देश तथा बिदेशमा रहेका तामाङ संघसंस्थाहरुले ल्होछार इभ मनाउंदै भोलिको दिनलाई नयाँ वर्षको रुपमा मनाउने भएको छ ।

यसै क्रममा राष्ट्रिय तामाङ घेदुङले स्वास्थ्य मापदण्ड कायम राखी भोलि संस्थाकै भवनमा ल्होछारको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको संस्थाका महासचिव प्रविन कुमार बलले जानकारी दिएको छ ।

सांस्कृतिक भवन चपलिमा भोलि हुने कार्यक्रममा राष्ट्रिय घेदुङका सांस्कृतिक कलाकारहरुको साथै पहिलो नेपाल आईडल बुद्ध लामा लगायत अन्य तामाङ संघसंस्थाहरुको प्रतिनिधिहरुको समेत उपस्थिति रहने भएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्