30.1 C
Kathmandu

कला/ साहित्यनिमा दोङको 'नेसि मुसुक्क' भिडियो सहित बजारमा

निमा दोङको ‘नेसि मुसुक्क’ भिडियो सहित बजारमा

१७ माघ २०७८,
काठमाडौ | चर्चित गायक तथा संगीतकार निमा दोङको तामाङ प्रेम गीत ‘नेसि मुसुक्क’ भिडियो सहित बजारमा आएको छ ।

निमा दोङको आफ्नै शब्द/संगीत रहेको यस गीतमा संगीतकारद्वय निमा दोङ र पुजा तामाङको सुमधुर आवाज रहेको छ । माया प्रेममा रहेका युगल जोडीहरुको मनका कुरालाई यस गीतमा मार्मिक ढङ्गले प्रस्तुत गरेको पाईन्छ ।

भिडियो तर्फ भने अजय स्याङ्तानले निर्देशन तथा सम्पादन गरेको छ । नायक सागर घिसिङ र सम्झना लामाको अभिनय रहेको यस गीतको भिडियो छायंकन भने चक्र महर्जनले गरेका हुन ।


धेरै लामो समय देखी तामाङ गीत संगीत क्षेत्रमा योगदान दिंदै आएका गायक तथा संगीतकार निमा दोङले असंख्या मात्रामा आफ्ना प्रस्तुतिहरु बजारमा ल्याईसकेका छ्न । पछिल्ला समयमा भने दोङको झ्याल्ला पर्दा दर्शक श्रोताले अत्याधिक मात्रामा रुचाएका गीत हो । यद्यपि निमा दोङ तामाङ समुदायमा आफ्नो नाम कमाउन सफल कलाकारहरुको लिस्टमा पर्ने कलाकारको रुपमा चिनिन्छ । ।


भिडियो हेर्नुहोस….

https://youtu.be/CiXZdzvmAxs




Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्