18.1 C
Kathmandu

ब्रेकिङ समाचारपोखराबाट एक किलो आठ ग्राम अवैध सुनसहित एकजना पक्राउ

पोखराबाट एक किलो आठ ग्राम अवैध सुनसहित एकजना पक्राउ

१७ माघ २०७८,
काठमाडौ
। प्रहरीले एक किलो आठ ग्राम अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्की तथा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका–३० पावरहाउसमा जाँचका क्रममा रमेश सुनारलाई उक्त परिमाणको सुनसहित पक्राउ गरेको हो ।

काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रो बसमा सवार पोखरा–१५ रामबजारका २५ वर्षीय रमेशलाई चारपाटे बिस्कुट आकारको एक केजी आठ ग्राम सुनसहित पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रनाउ सुन्दर तिवारीले जानकारी दिए ।

निजका साथबाट विभिन्न बैंकका तीन थान चेकबुकसमेत बरामत गरिएको जनाइएको छ । निजलाई पक्राउ गरी अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको उनले जानकारी दिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्