१४ माघ २०७८,
काभ्रे | काभ्रे तेमालका नेकपा(एमाले)को भातृ संगठन अनेरास्ववियुले आम तेमालका बिद्यार्थिहरुका हक र हितको लागी ५ बुंदे माग सहितको ज्ञापन पत्र पालिकालाई बुझाईएको छ ।
अनेरास्ववियु तेमालले आफ्ना ५ बुंदे माग सहितको ज्ञापन पत्र शुक्रवार प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकाललाई बुझाईएको अनेरास्ववियुका अध्यक्ष दुदराज लामाले जानकारी दिएको हो ।
ज्ञापनपत्रमा बिद्यार्थीको लागि मात्र नभै बृद्ध आमा बुवाहरुलाई सार्वजनिक यातायातमा वृद्ध कार्ड छुटको व्यबस्था तुरुन्त लागू गर्नु पर्ने समेत उल्लेख गरिएको छ ।
यसै गरी तेमाल गाउँपालिकाभित्र रहेका १० वटा मा.वि तहको बिद्यालयहरुमा अध्ययनरत विद्यार्थी(छात्रा) हरुका लागी गुणस्तरीय सेनिटरी प्याड नि:शुल्क व्यवस्था गर्नु पर्ने जस्ता महत्वपुर्ण मागहरु सहितको ज्ञापनपत्र तेमाल सरकारलाई बुझाईएको छ ।
तेमाल सरकारले आफ्ना मागरु तत्काल सम्बोधन नगरेमा आफुहरुले आन्दोलन मार्फत दवाब सिर्जना गर्ने समेत अध्यक्ष दुदराज लामाले बताए ।

