19.1 C
Kathmandu

कला/ साहित्यनायक कुमार मोक्तान फरक गेटअप सहित टुंडिखेलमा रजनी तामाङ संग

नायक कुमार मोक्तान फरक गेटअप सहित टुंडिखेलमा रजनी तामाङ संग

१२ माघ २०७८,
काठमाडौ – राष्ट्रिय पर्व सोनाम ल्होछार नजिकिदै गर्दा तामाङ गीत संगीतको बजारमा एक पछि अर्को गर्दै ल्होछार संग सम्बन्धित गीतको म्युजिक भिडियोहरु सार्वजनिक हुने क्रम रहेको छ ।

यसै क्रममा मंगलवार कोस्मो इभेन्ट्सको प्रस्तुति टुडिखेलरी बोलको तामाङ दोहोरी गीतको भिडियो सार्वजनिक भएको छ ।

चर्चित गीतकार कुमार स्याङ्बाको शब्द रहेको यस गीतमा बरिस्ठ गायक तथा संगीतकार/सेलो किङ चन्द्र कुमार दोङको संगीत रहेको छ भने संगीतकारद्वय चन्द्रकुमार दोङको साथमा निर्मला घिसिङको आवाज रहेको छ ।

प्रतीक ङ्यासुरको निर्देशन तथा कोरियोग्राफिमा तामाङ समुदायको चर्चित नायक कुमार मोक्तान र रजनी तामाङ घिसिङको अभिनय/नृत्य देख्न सकिनेछ । भिडियोको छायांकन र सम्पादन बिक्रम लामा मोक्तानले गरेका हुन ।

गीतको भिडियोमा नायक कुमार मोक्तान यस पटक फरक गेटअपमा देख्न सकिनेछ । मोक्तानले भिडियोमा लगाएको ड्रेस संगै कपालको स्टाईल समेत फरक रहेको छ ।

भिडियो हेर्नुहोस….

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्