23.1 C
Kathmandu

कला/ साहित्यअविशेक मोक्तानको ल्होछारला 'ज्यावा डान्बा' गीत सार्वजनिक(भिडियो सहित)

अविशेक मोक्तानको ल्होछारला ‘ज्यावा डान्बा’ गीत सार्वजनिक(भिडियो सहित)

७ माघ २०७८,
काठमाडौ
। राष्ट्रिय पर्व सोनाम ल्होछारको अवसर पारेर गायक अविशेक तामाङको ल्होछारला ज्यावा डान्बा अर्थात शुभकामना गीत भिडियो सहित सार्वजनिक भएको छ ।

बिहिवार गायक तथा संगीतकार अविशेक तामाङको आफ्नै युटयुव च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतमा चर्चित गीतकार कुमार स्याङबाको शब्द रहेको छ । बरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको संगीतमा अविशेक तामाङ र इन्दिरा गोलेको आवाज रहेको छ । गीतको एरेन्ज फनिन्द्र राईले गरेका हुन् भने मिक्सिङ दिपेश प्रधानले गरेका हुन् ।

भिडियो तर्फ भने प्रतिक ङ्यासुरको निर्देशन तथा कोरीयोग्राफिमा चर्चित नायक कुमार मोक्तान, सागर घिसिङ र लाक्पा लामाको साथमा अभिनेत्री चांदनी मोक्तान, अनिता गोले, याङ्गी दोङ र पुर्णिमा थोकरको संयुक्त अभिनय रहेको छ । भिडियोमा बरिष्ठ गायक तथा चन्द्र कुमार दोङलाई पनि रचनात्मक रुपमा प्रस्तुत गरेको पाईन्छ ।

तामाङ गीत संगीतको बजारमा निक्कै सफल भिडियोहरु निर्देशन गर्न सफल निर्देशक प्रतिक ङ्यासुरले यस पटक पनि फरक ढंगले भिडियोलाई प्रस्तुत गरेको पाईन्छ । जम्बो कलाकारको टिम संगै चन्द्र कुमार दोङलाई समेत समेटर एउटै फ्रेममा रचनात्मक ढंगले उतार्न सक्नु नै एक दक्ष निर्देशकको रुपमा साबित भएको देखिन्छ ।

गायकद्धय अविशेक तामाङले यस अघि ‘न त साम्सि धोला माया’, ‘ङाई लाबा माया’, ‘बर्गर हाउसरी’ जस्ता निक्कै सफल गीतहरु आफ्नो आवाजमा दर्शकहरुमाझ ल्याइसकेका छन् । सुरुवाती चरणमा नेपाली पप गीतबाट आफ्नो सांगीतीक यात्रा थालनी गरेका गायक अविशेक तामाङ हाल तामाङ समुदायमा दर्शक श्रोताले रुचाएका गायकको रुपमा स्थापित भएको देखिन्छ ।

ज्यावा डान्बाको भिडियोको छायंकन र सम्पादन भने बिक्रम मोक्तानले गरेका हुन् ।

भिडियो हेर्नुहोस….

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्