४ माघ २०७८,
काठमाडौ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले एकलौटी ढंगबाट महाधिवेशन आयोजक कमिटी गठन गरेको र महेश बस्नेत बिरुद्ध समानान्तर कमिटी गठन गर्ने तयारी जस्ता समाचारको युवा संघ केन्द्रिय उपाध्यक्ष अमित लामाले आफ्नो फेसबुक वालमार्फत खण्डन गरेका छन् ।
उपाध्यक्ष लामाले समानान्तर कमिटी गठन गर्ने तयारी रहेको समाचारमा भ्रम रहेको तर एकलौटी ढंगले महाधिवेशन आयोजक कमिटी बनाएकोमा भने आफ्नो असन्तुस्टि रहेको बताएका छन् ।
विभिन्न अनलाईनहरु मार्फत राष्ट्रिय युवा संघको बारेमा आएको समाचार भ्रमित रहेको उनले स्पष्ट पारेका छन् । उपाध्यक्ष लामाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत संगठनको विधि विधान र प्रकृया बिपरित कोहि कसैलाई जिम्मेवारी मुक्त गर्ने र जिम्मेवारी थप्ने काम नभएको कुरा समेत प्रस्ट पारेका छन् । तसर्थ विभिन्न मिडियामार्फत आएको भ्रामित समाचारको विश्वास नगरि आउदो फागुन ११ गते नेपालगन्जमा आयोजना हुने महाधिवेशनको तयारिमा जुट्न समेत सवैलाई अनुरोध गरेका छन् ।
उपाध्यक्ष लामाको अनुसार रास्ट्रिय युवा संघ नेपालको ४१९ सदस्यीय सचिवालय कमिटी नै ९ औ महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएको छ ।