17.1 C
Kathmandu

अन्तर्राष्ट्रियमलेसियामा 'सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम'को तयारी

मलेसियामा ‘सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम’को तयारी

४ माघ २०७८/छेडुप तामाङ,

काठमाडौं । नेपाल तामाङ घेदुङ मलेसियाले सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रमको तयारी गरेको छ ।

“विश्वभरी छरिएका तामाङहरु एक हौं ।” हाम्रो भाषा धर्म र संस्कृतिको जोगेर्ना गरौं । सोनाम ल्होछारको प्रवद्र्धन, हाम्रो सांस्कृतिक एकताको मूल नारा ताम्सालिङ प्रदेशको स्थापना हाम्रो राजनिनिक एकताको मूल अभिभारा” भन्ने नाराका साथा २८५८ औं राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसर पारेर नेपाल तामाङ घेदुङ मलेसियाले यहि माघ १९ गते अर्थात फेब्रुवरी २ तारीखमा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम हुने जनाएको छ ।

मलेसिया स्थित नेपाली एम्बास्डर्डको प्रमुख आतिथ्यतामा तय गरिएको ल्होछार कार्यक्रम मलेसिया स्थित होटल ग्रान्डको ११ औं तल्ला कोतराबामा बिहान १० बजे देखि सुरु हुने जनाएको छ । कार्यक्रममा मलेसियामा रहेका नेपाली कलाकारहरुको विषेश प्रस्तुतीहरु रहनेछ ।

रोजगारी, अध्ययन तथा व्यवसायका लागी विदेश पुगेका नेपालीहरुमा बिशेष गरी तामाङहरुले विभिन्न संघ संस्थाहरु विदेशमै स्थापना गरि यस्ता खालका कार्यक्रमहरुको आयोजना गर्दे आएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्