19.1 C
Kathmandu

ब्रेकिङ समाचारल्हो–सुम सम्पन्न गरेर आएका रामेछापका २ लामा गुरुलाई योञ्जन सेवा समाजद्वारा सम्मान

ल्हो–सुम सम्पन्न गरेर आएका रामेछापका २ लामा गुरुलाई योञ्जन सेवा समाजद्वारा सम्मान

२ माघ २०७८,
काठमाडौ । शनिवार योञ्जन युवा सेवा समाजद्वारा भक्तपुर स्थित एक गुम्वामा रामेछापका दुई लामा गुरुलाई सम्मान गरेका छन् । गोर्खाबाट तीन वर्ष छाम अर्थात ध्यान सम्पन्न गरेर आएका गुरु उर्गेन लामा र अशोक लामालाई सेवा समाजद्धारा सम्माना गरेको हो ।

रामेछाप जिल्ला सुनपती गाउँपालिका वडा नं ४ बलवडीका योञ्जनका खलकमै पहिलो पटक ल्हो सुम अर्थात तीन बर्ष कठोर तपस्याका साथ अध्ययन सम्मपन्न गरि आएका दुई युवा हुन् उर्गेन लामा र अशोक लामा ।

गोर्खास्थित तीन बर्ष सम्मा गुरुको भुमिका निर्वहा गर्ने लामा गुरुको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मान कार्यक्रममा मोटिभेशनल स्पीकर विकास देव योञ्जन, युवा व्यवसायी हिरालाल लामा विशेष अतिथिको रुपमा रहेका थिए भने संविधान सभा सदस्य डिल्लीमान लामा लगायतका अन्य अतिथिहरुको उपस्थिति रहेका थिए ।

दुई लामा गुरुलाई बधाई तथा सम्मानको क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै सवै जसो अतिथिहरुले अव लामा गुरु पुजा पाठ, घेवा, न्वारन जस्ता कर्ममा मात्र नभएर बुद्ध धर्मभित्र आएका बिकृति बिसंगतीलाई चिर्दै समुदायमा चेतना दिने काममा समेत लाग्न अनुरोध गरेका थिए ।

कार्यक्रमस्थलमा लामा गुरुको दर्शनका लागी बाक्लो रुपमा सर्वसाधारण लगायत विभिन्न संघ संस्थाबाट मानिसहरु उपस्थित भएका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्