21.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धको एघारौं नगरसभा सुरु, संस्था दर्तासम्वन्धी विधेयक पेश

नमोबुद्धको एघारौं नगरसभा सुरु, संस्था दर्तासम्वन्धी विधेयक पेश

२ माघ २०७८,
काभ्रे
–नमोबुद्ध नगरपालिकाको एघारौं नगरसभाको बैठक बिहीबारदेखि सुरु भएको छ ।
नगर प्रमुख टी.पी.शर्मा तिमल्सिनाको अध्यक्षतामा बिहीबार बसेको एघारौं नगरसभाको पहिलो बैठकमा संंस्था दर्ता सम्वन्धमा बनेको विधेयक पेश गरिएको छ ।

नगरपालिकाको संस्थागत विकास सेवा प्रवाह तथा सुशासन समितिका संयोजकसमेत रहेका वडा नं ७ का वठा अध्यक्ष धर्मसिं लामाले नमोबुद्ध नगरपालिकाको संस्था दर्ता सम्वनधमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ पेश गरेका हुन् ।


यस्तै नगरसभा बैठकमा विधायन समितिका संयोजक एवं वडा नं. २ का वडाअध्यक्ष सञ्जीव ढकालले विनियोजन विधेयक २०७८ माथिको संशोधन प्रस्ताव पेश गरेका छन् । नगरसभाको आगामी माघ ६ गते बस्ने दोस्रो बैठकले आवश्यक छलफल र संशोधनपछि संस्था दर्तासम्वन्धी विधेयक तथा विनियोजन विधेयकको संशोधन प्रस्ताव पारित गर्नेछ ।

नमोबुद्ध नगरपालिकाले यसअघि १० वटा नगरसभा सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यसबीचमा नगरपालिको दर्जनौं ऐन, कानुन तथा निर्देशिका र कार्यविधि बनाएर कार्यान्वयनमा ल्याइसकेको छ । गत बर्ष चैतमा नमोबुद्ध नगरपालिकाको विशेष नगरसभासमेत सम्पन्न भएको थियो ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्