24.1 C
Kathmandu

ब्रेकिङ समाचारपनौतीमा लाग्ने मकर मेला स्थगित, स्वास्थ्य मापदण्ड अपनाएर मकर स्नान गर्न पाउने

पनौतीमा लाग्ने मकर मेला स्थगित, स्वास्थ्य मापदण्ड अपनाएर मकर स्नान गर्न पाउने

२ माघ २०७८,
काठमाडौ
। काभ्रेको ऐतिहासिक, धार्मिक महत्व बोकेको प्रत्येक १२ बर्षमा पनौतीको त्रिबेणी परिसरमा लाग्ने मकर मेला स्थागित भएको छ ।

कोरोना भाइरसको तेस्रो लहरको बढ्दो संक्रमणका कारण सो मेला स्थगित गरिएको हो । यद्यपि स्वास्थ्य मापदण्ड अपनाएर स्नान भने गर्न पाउने पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानले जानकारी दिएको हो । न्यैपानेको अनुसार त्रिबेणी परिसरमा आउने भक्तालुहरुलाई भिडभाड हुन नदिई स्वास्थ्य मापदण्ड अपनाई स्नान गर्न दिइएको छ ।

प्रत्येक १२ बर्षमा एक पटक पनौतीको त्रिबेणी परिसरमा लाग्ने मकर मेलाको सम्पूर्ण व्यवस्थापनका सकिसकेका थिए । व्यवस्थापन पश्चात काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नगरप्रमुख भिम न्यौपाने, उपप्रमुख गिता बञ्जारा, जिल्ला सुरक्षा निकायका प्रमुखहरू लगायतका व्यक्तित्वहरुले मेला स्थलमा केही दिन अघि अनुगमन समेत गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्