25.1 C
Kathmandu

ब्रेकिङ समाचारनागरिकताको सिफारिसमै एक लाख ३५ हजार घुस !

नागरिकताको सिफारिसमै एक लाख ३५ हजार घुस !

३० पौष २०७८,
काठमाडौ
। स्याङ्जा एक नगरपालिकाका वडाध्यक्ष र वडा सदस्यले नागरिकता बनाइदिन्छु भनी एक लाख ३५ हजार रुपैयाँ घुस लिएको फेला परेको छ।

स्याङ्जाको भिरकोट नगरपालिका वडा नं.९ का वडा अध्यक्ष भीमबहादुर गुरूङ र वडा सदस्य कुलबहादुर गुरूङले सेवाग्राहीसँग नागरिकता बनाइदिन्छु भनेर घुस लिएको पाइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ।

वडाध्यक्ष भीमबहादुरले आर्थिक प्रलोभनका आधारमा परी दोहोरो नागरिकता बनाउन झूटो विवरणका आधारमा बद्नियत तरिकाले गलत सिफारिस गरेको पाइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको हो।

आयोगले आज वडाध्यक्ष भीमबहादुरविरूद्ध बिगोअनुसारको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्