26.1 C
Kathmandu

कला/ साहित्यबिशाल काल्तन र जितु लोप्चानको आवाज रहेको तामाङ गीत 'गादे जेवा छामे'...

बिशाल काल्तन र जितु लोप्चानको आवाज रहेको तामाङ गीत ‘गादे जेवा छामे’ सार्वजनिक(भिडियो सहित)

२५ पौष २०७८,
काठमाडौ
। पछिल्ला समय तामाङ गीत संगीतको बजारमा दिनानुदिन फरक फरक किसिमका नयां नयां गीतका म्युजिक भिडियोहरु सार्वजनिक हुने क्रम रहेको छ । यसै क्रममा चर्चित गायत तथा गायिका जितु लोप्चानको आजमा एउटा नयां तामाङ सेलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

तामाङ बिपिन लोप्चानको शब्द रचना रहेको यस गीतमा बिशाल काल्ताको संगीत रहेको छ । आगा लामाले एरेन्ज गरेको यस गीतको मिक्सिङ मास्टर भने दिपेश प्रधान रहेको छ । तेमालको वर्णन संगै माया पिरतीको समेत कुरा उल्लेख गरिएको छ । काभ्रे तेमालको ह्रेन्जेन दोर्जे, तामाङ संस्कार संस्कृतिको समेत कुरा उठान गरेको देखिन्छ यस गीतले ।

शुक्रवार गायक तथा संगीतकार बिशाल काल्तानको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको गादे जेवा छामे बोलको गीतको मिडियो तर्फ भने गीतको शब्दको मर्म अनुसारको सबै कुरा देखाउन नसकेके कुरा स्पष्ट देखिन्छ । यद्यपी म्युजिक अनुसारको डान्स भने प्रशंषनीय नै रहेको देखिन्छ । तामाङ चलचित्रको महानायकको रुपमा परिचित अमिर दोङको निर्देशन तथा युद्ध लामा ब्लोनको नृत्य निर्देशनमा बनेको यस गीतको भिडियोमा युद्ध लामा, डोल्मा शेर्पा, सन्जीव तामाङ, सुनी तामाङको नृत्य तथा अभिनय रहेको छ ।

टिकटकमा अत्याधिक चर्चा कमाउन सफल यस गीतको भिडियो छायंकन बज्र न्यासुरल गरेको हो भने अमिर दोङले सम्पादन गरेको हो । पोष्ट प्रोडक्शन डम्फु मिडियाको रहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्