23.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेको इतिहासमै सबैभन्दा ठूलो आमसभा गर्नेछौः कंचन अधिकारी

काभ्रेको इतिहासमै सबैभन्दा ठूलो आमसभा गर्नेछौः कंचन अधिकारी

२२ पौष २०७८,
काभ्रे
–नेकपा (एमाले) काभ्रेको १० औं जिल्ला अधिवेशनको जनपरिचालन समितीका संयोजक कंचन अधिकारीले काभ्रेको इतिहासमै सबैभन्दा ठूलो आमसभाको तयारी गरिरहेको बताउनु भएको छ ।

नेकपा (एमाले) काभ्रेको सबैभन्दा ठूलो राजनितीक शक्ति भएकाले उसको आमसभा विशाल र काभ्रेकै इतिहासमा ठूलो हुने उहाँले बताउनुभयो ।
एमाले काभ्रे धेरै संगठित सदस्य भएको र काभ्रेको विकास र समृद्धिको एजेण्डा बोकेको दल भएकाले यसको अधिवेशन भव्य हुने अधिकारीले जानकारी दिनु भयो । उहाँले यो अधिवेशनले काभ्रेमा एमालेको अवस्थाको मात्रै चित्रण गर्ने नभएर आगामी निर्वाचनमा एमालेको आकार कस्तो बनाउने भन्ने भएकाले कम्तिमा ५० हजारको उपस्थितीमा आमसभा गर्ने बताउनुभयो ।

उहाँले काभ्रेलाई समृद्ध बनाउने विकासको नेतृत्व एमालेले गरेको र काभ्रेको विकासको रोडम्याप एमालेका पोलिटव्यूरो सदस्य गोकुल बास्कोटाले गर्नुभएकाले अधिवेशनमा कम्तिमा पनि ५० हजारको सहभागिता हुने अधिकारीले स्पष्ट पार्नुभयो ।
काभ्रेमा हरेक विकास र समृद्धिको योजनाको नेतृत्व गोकुल बाँस्कोटाले गर्नुभएको कुरा आम काभ्रेलीको आवाज भएकाले त्यसलाई थप बल पु¥याउन अधिवेशनले निक्कै ठूलो काम गर्ने बताउनु भयो । उहाँले कसैको भ्रममा नपर्न काभ्रेबासीलाई अनुरोध गर्नुभयो । ‘यो नेकपाकै निरन्तरता हो । हजारौ कार्यकर्ता र नागरिकको उपस्थितीमा विशाल आमसभा हुनेछ’ अधिकारीले भन्नुभयो ।

यसलाई नेकपाकै निरन्तरताको रुपमा अघि सारिएको छ । नेकपा एमालेको सिंगो पार्टी र माओवादीका धेरै नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेकाले पनि काभ्रे एमालेको जिल्ला अधिवेशनले धेरै कुराको सन्देश दिने अधिकारीले बताउनु भयो ।
जिल्ला अधिवेशन विगतमा जस्तै भव्य, सभ्य र व्यवस्थित हुने गरेको छ । यसलाई आम काभ्रेलीले मात्रै नभएर छिमेकी जिल्लाहरुमा समेत हेर्ने भएकाले हामीले व्यापक तयारी गरिरहेका छौ ।

अधिवेशनलाई सफल बनाउनको लागि प्रत्येक पालिकामा बैठक गरिरहेका छौ । प्रत्येक पालिकाले हजारौको संख्यामा जनसहभागिता जुटाउने तयारीमा हामी लागेका छौ । पालिकाको बडा तथा टोलमा बैठक बस्ने प्रचार गर्ने काम गरिरहेका छौ अधिकारीले भन्नुभयो ।
२०६४ सालमा एमालेको सातौ जिल्ला अधिवेशन काभ्रेकै विशाल भएको थियो । ‘जुन बेला माओवादीको दबदबा रहेको थियो । त्यस्तो समयमा काभ्रेको इतिहासमै सबैभन्दा ठूलो जनसहभागितामा हामीले जिल्ला अधिवेशन गरेका थियौ’ अधिकारीले बताउनु भयो, सो अधिवेशनको जगमा २०७० सालको निर्वाचनमा काभ्रेमा एमाले पहिलो पार्टी बन्न सफल भयो । त्यसपछि निरन्तर काभ्रेमा पहिलो पाटीको रुपमा एमाले स्थापित छ । स्थानीय तहको निर्वाचनमा काभ्रेमा १३ मध्ये ७ वटा स्थानीय तहमा बहुमत सहित एमाले विजयी भएको अधिकारीले बताउनु भयो ।

धुलिखेल अधिवेशनबाट काभ्रेमा एमालेको अवस्था कस्तो रहेको छ भनेर देखाउन चाहेको अधिकारीले बताउनुभयो । गाँउ गाँउमा उत्साह छाएको छ । विद्यार्थी, युवा, मजदुर, किसान, बुद्धिजिवी पौष २३ को व्यग्र प्रतिक्षामा रहनु भएको छ ।
एमालेको १० औ जिल्ला अधिवेशनले नेकपाकै निरन्तरता रहेको सन्देश दिन चाहन्छ । सिंगो एमाले र माओवादीका जिम्मेबार नेताहरु काभ्रेमा एमालेसँग रहेको कुरा पुष्टि अधिवेशनले गर्छ अधिकारीले बताउनुभयो।

अधिवेशनको दुईबटा पाटा रहने र सबै नेता तथा कार्यकर्ताको योजना खुल्ला सत्र सफल रुपमा सम्पन्न गराउने दायित्व छ । बन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने भएकाले त्यो सफल पार्न प्रतिनिधी चयन भैसकेका छन् । उहाँले पौष २३ गते काभ्रेमा विशाल पर्व भएकाले सो पर्वमा सहभागी हुन सबैलाई अनुरोध गर्नुभयो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्