18.1 C
Kathmandu

ब्रेकिङ समाचारउद्योगपति बिनोद चौधरीको केन्द्रीय सदस्यता खारेजीको लागी उजुरी

उद्योगपति बिनोद चौधरीको केन्द्रीय सदस्यता खारेजीको लागी उजुरी

२२ पौष २०७८,
काठमाडौ
। व्यापार व्यवसायमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा समेत वर्चस्व कायम राख्न सफल व्यवसायी एवम् उद्योगपति बिनोद चौधरीको केन्द्रिय सदस्यता खारेज गर्न माग गर्दै उजुरी परेको छ ।

काठमाडौंकोमा सम्पन्न नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको हो । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै चौधरीविरूद्ध उजुरी परेको हो ।

सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले चौधरीको पद खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।

कांग्रेसको विधानत केन्द्रीय सदस्य बन्न १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएको हुनुपर्ने उल्लेख गरिएको तर चौधरी २०७४ सालमा मात्र कांग्रेस प्रवेश गरेकाले केन्द्रीय सदस्य बन्न नपाउने यादवको दाबी छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्