30.1 C
Kathmandu

ब्रेकिङ समाचाररोशी गाउंपालिकाको उपहार एक गाउं एक अधिकृत र एक इन्जिनियर

रोशी गाउंपालिकाको उपहार एक गाउं एक अधिकृत र एक इन्जिनियर

२० पौष २०७८,
काभ्रे
। काभ्रेको रोशी गाउंपालिकाले एक गाउं एक अधिकृत र एक गाउं एक इन्जिनियरको कार्यक्रमलाई कार्यन्वयन गर्ने तयारी गरेको छ । रोशी गाउंपालिकाको आ.व.२०७८/०७९ को बार्षिक नीति तथा कार्यक्रम अन्तर्गत उक्त कार्यक्रमलाई कार्यन्वयनको तयारी गरेको हो ।

सार्वजनिक सेवामा विपन्न तथा जेहेन्दार नागरिकको पहुंच पुर्‍र्याउन एक गाउं एक अधिकृत तथा एक गाउं एक इन्जिनियर उत्पादन कार्यक्रमका लागि रोशी गाउंपालिकामा स्थायी बसोबास गर्ने योग्यता पुगेका नागरिकहरुलाई निवेदन पेश गर्नका लागि रोशी गाउं कार्यपालिकाको कार्यलयले सूचना प्रकाशित गरेको छ ।

मंगलबार प्रकाशित उक्त सूचनामा एक गाउं एक अधिकृत र एक गाउं एक इन्जिनियर उत्पादन प्रोत्साहन कार्यक्रमका लागि आवश्यक कागजात तथा योग्यता उल्लेख गरिएको छ । सूचना रोशी गाउंपालिका अन्र्तगत सवै वडा कार्यलयमार्फत रोशी गाउंपालिका भित्र रहेका नागरिकहरुमा बिच पुर्‍र्याउने काम भएको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्