30.1 C
Kathmandu

कला/ साहित्यतामाङ चलचित्र क्षेत्रका महानायक अमिर दोङले छोरालाई म्युजिक भिडियोमा "डेब्यु"गराउॅंदै

तामाङ चलचित्र क्षेत्रका महानायक अमिर दोङले छोरालाई म्युजिक भिडियोमा “डेब्यु”गराउॅंदै

१५ पौष २०७८/कुङ्गा होईसेर तामाङ(दिपक)
जापान-तामाङ चलचित्र क्षेत्रका महानायक अमिर दोङले छोरालाई तामाङ म्युजिक भिडियोमा “डेब्यु” गराउॅंदै छन।
उमेरले २५ बर्ष पूरा भएका बिकास तामाङ दोङ महानायक अमिर दोङको दाईको छोरा हुन।
सानै देखि गीत संगीत प्रति रूची देखाउने कहीं कतै गीत बज्ने बितिकै नाच्न पुगिहाल्ने बिकास तामाङ दोङ व्यवहारमा भने कम बोल्ने र लजालु स्वभावका रहेका छन।गीत संगीत र कलाकारिता क्षेत्रमा रूची भएतापनि अहिलेसम्म पर्दामा भने देखिएका छैनन आफ्नै काका कलाकारितामा लागेको देख्दा उसलाई लाग्न मन त लाग्थ्यो तर बिकासका बाबु भने राजनितिक क्षेत्रमा भएको कारण उसले काका जस्तै कलाकारितामा लाग्छु भन्ने आंट गरेका थिएनन।गाउंको प्रारम्भिक शिक्षा सकेर जब काठमण्डौं आएपछि केही समय उसले डान्स स्कुलमा भर्ना भएर डान्स सिक्ने मौका पाए।आफ्नै दाजु राजनितिकमा भएको कारण महानायक दोङले पनि आफ्नो दाजुलाई छोरा यो क्षेत्रमा ल्याउन भनेर भन्न सक्ने अबस्था थिएन।परिचयको हिसाबले बिकास तामाङ दोङ नमोबुद्द नगरपालिका वडा नं ५ को वडाध्यक्ष बुद्द सिं तामाङको छोरा र महानायक अमिर दोङ को भतिज भनेर त सबैले चिनेको भएतापनि अब को यो म्युजिक भिडियोबाट धेरैले माया गर्नुहुन्छ भन्ने बिश्वास महानायक अमिर दोङले लिएका छन।
बजारमा तामाङ प्रेमगीतले बजार तताईरहेको बेलामा महानायक अमिर दोङले आफ्नो भतिजलाई लिएर”ज्युम नेसी”भन्ने तामाङ माया प्रेम सम्बन्धी गीतको म्युजिक भिडियो ल्याउन तयार भएको बताएका छन। उक्त गीतमा बिकास तामाङ दोङको डेब्यु संगै दोङ लाई साथ दिन भने चर्चित मोडेल निरानजली लामाले साथ दिने भएकी छिन। टुल्कु लामाको शब्द रहेको उक्त गीतमा नवगायक मनिक लामा र गयिका रश्मी तामाङ दोङको स्वर रहेका छन।छेटुप मोक्तानको संगीत रहेको उक्त गीतमा रोशन लामाले एरेन्ज र दिपेश प्रधानले मिक्सिङ गरी दिप स्टुडियोबाट रेकर्ड गरेका छन।
महानायक दोङको निर्देशनमा भिडियो ल्याउन लागेको उक्त गीतको निर्मता भने करिब ३ बर्ष अगाडीबाट जापान बस्दै आएका बिकासको भाई अर्थात महानायक दोङको कान्छो भतिज कुङ्गा होईसेर तामाङ(दिपक)हुन।महानायक दोङले भनेका छन बिकास चाहिं आफुतिर गएको अर्थात कलाकारिता तर्फ लागेको र कान्छो भतिज चाहिं गीत संगीतलाई माया गरेतापनि सानैबाट बाबु जस्तै राजनिति तिर चासो देखाएको कुरा हाम्रो मिडिया मर्फत भनेका छन। “ज्युम नेसी”तामाङ गीतको छायाङ्कन छिट्टै हुने हुदां दर्शकहरूलाई धैर्य गर्न महानायक दोङले अनुरोध गरेका छन।उक्त गीत डम्फु मिडिया मर्फत सार्वजानिक गर्ने कुरा हामीलाई महानायक दोङले वताएका छन भने यस कार्यको सम्पूर्ण टिमको तर्फबाट धन्यबादका पात्र भने छेडुप तामाङ दोङ बनेका छन।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्