28.1 C
Kathmandu

ब्रेकिङ समाचारप्रहरीकै मोटरसाइकल लिएर घोराही कारागारका नाइके फरार

प्रहरीकै मोटरसाइकल लिएर घोराही कारागारका नाइके फरार

९ पौष २०७८,
काठमाडौ
। घोराही कारागारका एक नाइके प्रहरीकै मोटरसाइकल लिएर फरार भएको छ । दाङ घोराही कारागारमा कर्तब्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई थुनामा रहेका एक व्यक्ति कारगारबाट भागेका हुन् ।

राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियार बिहीबार अस्पतालबाट भागेको प्रहरीले जनाएको छ । परियार उपचारका लागि अस्पताल गएका बेला त्यहीबाट भागेको प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिएका हुन् ।

प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४प ४१० नम्बरको मोटरसाइकल चढेर अस्पताल गएका परियार उपचारका लागि हत्कडी खोलेपछि प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेको बताइएको छ ।

घटनाबारे प्रहरी जवान चौधरीले अपराह्न ४ बजेतिर मात्रै जानकारी दिएका थिए । त्यसैको आधारमा उनी माथि आशङ्का लागेकोले चौधरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख काफ्ले जानकारी दिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्