30.1 C
Kathmandu

कला/ साहित्यदावाफिन्जो तामाङ भेडीगोठ देखि राष्ट्रिय पञ्चायतसम्म नामक पुस्तक विमोचन

दावाफिन्जो तामाङ भेडीगोठ देखि राष्ट्रिय पञ्चायतसम्म नामक पुस्तक विमोचन

८ पौष २०७८,
काठमाडौं । बुधवार दावाफिन्जो तामाङ भेडीगोठ देखि राष्ट्रिय पञ्चायतसम्म नामक पुस्तक विमोचन भएको छ ।

ताम्सालिङ नलेज सेन्टरको आयोजनामा दावाफिन्जो भेडीगोठ देखि राष्ट्रिय पञ्चायतसम्म नामक पुस्तक बुधबार काल्साङ रिन्पोछेको प्रमुख आतिथ्यतामा विमोचन भएको हो ।

कार्यक्रममा पूर्वमन्त्री तिलक बहादुर नेगी, पूर्व राजदुत अमृत योञ्जन, अन्तर्राष्ट्रिय तामाङ परिषदको वरिष्ठ उपाध्यक्ष टासी लामा,डा. मुक्तसिं मोक्तान, सांसद प्रभात लामा लगाएतका व्यक्तित्वहरुको आतिथ्यतामा पुस्तक विमोचन भएको हो ।

कार्यक्रममा लेखक अमृत योञ्जनले काठमाडौंको पुस्तकालयमा पाउने किताबहरु मध्ये यो पुस्तक उत्कृष्ट रहेको दाबी गरेको छ ।

डा. गणेश योञ्जनले तामाङहरुलाई राज्य सत्ताले गरेको दमन बारे थप अध्ययन अनुसन्धान गर्न सहयोग पुग्ने बताएको छ । किताबको समिक्षासँगै रसुवा र निकुञ्जले छोएका अन्य जिल्लाका तामाङहरुले भोगेको पिडाहरुको बारेमा सुनाएका थिए । यो किताबाट अब दावाफिन्जो तामाङको जीवनीसँगै त्यहाँको समाजिक रुपमा पाएको समस्याको बारेमा थप अध्ययन गरेर बाहिर ल्याउन लेखकद्वयलाई अनुरोध गरेका छन् ।

रसुवाली तामाङका सामाजिक सांस्कृतिक पक्षका ज्ञाता युगपुरुष तामाङको जीवनीसम्बन्धी पुस्तक ताम्सालिङ नलेज सेन्टरको प्रकाशनमा सार्वजनिक गरिएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्