18.1 C
Kathmandu

कला/ साहित्यदरबारमार्गमा पूर्व–पश्चिम रोधी घर एण्ड तामाङ सेलोको शुभारम्भ

दरबारमार्गमा पूर्व–पश्चिम रोधी घर एण्ड तामाङ सेलोको शुभारम्भ

७ पौष २०७८,
काठमाडौ
। काठमाडौको मुटु सहरको रुपमा चिनिएको मुख्य व्यापारिक केन्द दरबारमार्गमा पूर्व–पश्चिम रोधी घर एण्ड तामाङ सेलोको शुभारम्भ गरेको छ । दरबारमार्गस्थित सालिक चोकमा सोमबार र मंगलवार दुई दिन गरि बिधिवत रुपमा पूर्व पश्चिम रोधी घर एण्ड तामाङ सेलोको शुभारम्भ गरेको हो ।

पहिलो दिनकको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि चर्चित गायक/सर्जक एवम् रास्ट्रीय लोक दोहोरी गित प्रतिस्ठान नेपालका पुर्ब अध्यक्ष चन्द्र शर्मा रहेका थिए भने विशिष्ट अतिथी चर्चित गायक/सर्जक एवम रास्ट्रीय लोक दोहोरी प्रतिस्ठान नेपाल उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्साल, रास्ट्रीय लोक दोहोरी व्यावसायिक संघ अध्यक्ष एवम नगरकोट दोहोरी सांझका संचालक बिनोद श्रेष्ठ लगायतको उपस्थिति रहेका थिए ।

कार्यक्रममा उपस्थित अतिथिहरुलाई मनोरञ्जनका लागी कलाकार शिला आले, सर्मिला गुरुङ्ग, मिना बुडाथोकी, प्रकाश पराजुली, प्रकाश दुधराज, राजु ढकाल, देबि घर्ती, हरिमाया रायमाझी, विशाल रायमाझी, यमुना रसाइली, आरती खड्का, अमृता लुङ्गेनी, नबराज घोरासैनी लगायत पुर्ब पश्चिम रोधी घर एण्ड तामाङ् सेलोका कलाकारहरुको बेजोड प्रतुती रहेका थिए ।

त्यस्तै दोस्रो दिनको उद्घाटन कार्यक्रममा भने नेपाल तामाङ कलाकार संघका संस्थापक अध्यक्ष एवम् सेलो किङको रुपमा चिनिएका बरिष्ठ गाएक एवम् संगीतकार चन्द्र कुमार दोङको प्रमुख आतिथ्यता रहेको थियो । बिशेष अतिथिमा अन्तराष्ट्रिय तामाङ परिषदका बरिष्ठ उपाध्यक्ष टासी लामा र तामाङ कलाकार संघका अध्यक्ष गायक एवम् संगीतकार बिश्व दोङ रहेका थिए । बिदेशी पाहुना समेत रहेका उक्त कार्यक्रममा चन्द्र कुमार दोङ, बिश्व दोङ, निमा दोङ, प्रयास दोङ, प्रतिक मोक्तान, सुमिना लो लगायतका अन्य कलाकारहरुको समेत प्रस्तुती रहेका थिए ।

पूर्व–पश्चिम रोधी घर एण्ड तामाङ सेलोका संचालक सिंग मोक्तानको अनुसार आज बुधवार पनि बेलकी ७ बजे देखी तेस्रो दिनको समुद्घाटन कार्यक्रममा विभिन्न लोक भाकाको साथमा तामाङ सेलो सहितको संयुक्त प्रस्तुती रहनेछ । मोक्तानले भने, काठमाडौ उपत्यकाको विभिन्न ठाउंमा लोक दोहोरी सांझहरु धेरै छन् तर तामाङ सेलो सहितको नाम जोडेर संयुक्त प्रस्तुती दिएर मनोरञ्जन दिने खालका रोधी घरहरु नदेखेको हुंदा हामीले पूर्व पश्चिम रोधी घर एण्ड तामाङ सेलो सञ्चालनमा ल्याएका हौं । यहां पूर्व देखी पश्चिम सम्मका विभिन्न लोक भाका सहित सेलो भाकाहरुको नाचगान हुने भएको हुंदा यसलाई एउटा व्यवसायको माध्यमबाट संस्कार संस्कृति सहित विभिन्न बाध्यवादनहरुको समेत संरक्षण प्रर्वद्धन गर्ने उदेश्य रहेको समेत सञ्चालक सिंग मोक्तानले भने ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्